नेपाली समय Loading...२०८१ माघ १५ मंगलवार

कक्षा १२ को परीक्षाफल प्रकाशित, ५२.९१ प्रतिशत पास

ओखलढुङ्गान्युज, १८ साउन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज शुक्रवार शैक्षिक सत्र २०८० मा सन्चालित कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज सार्वजनिक भएको नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

सार्वजनिक नतिजा अनुसार नियमित तर्फ ३ लाख ८५ हजार ६ सय ३२ सहभागी मध्ये दुई लाख ३ हजार ८ सय ४७ जना उत्तीर्ण भएका छन् । त्यस्तै ग्रेडवृद्धि तर्फ २०७८ र २०७९ सालको परीक्षार्थीमध्ये २८.२६ प्रतिशत उत्तीर्ण भएका छन् । गत २ सालको ग्रेड बृद्धिमा सहभागी ९२ हजार ५ सय ९ सहभागी परीक्षार्थी मध्ये २५ हजार ४ सय ३६ जना मात्रै उत्तीर्ण भएका हुन् । २० जनाको परीक्षा रद्द भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

२०७६, २०७७, का ग्रेड बृद्धिमा सहभागी भएका विद्यार्थी समेत गरि कुल ४ लाख ७८ हजार ३ सय ८९ परीक्षार्थीमध्ये २ लाख ३१ हजार २ सय ३५ जना उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आज सार्वजनिक भएको नतिजालाई ग्रेड सिटमा विद्यार्थी आफैले अनलाइनमा हेर्न सक्नेछन् ।