नेपाली समय Loading...२०८१ कार्तिक ६ मंगलवार

भारतको केरलामा भिषण बर्षात पछि पहिरो, १७८ को मृत्यु

तस्वीर : विविसी

ओखलढुङ्गान्युज, १७ साउन भारतको केरला प्रदेशमा भिषण बर्षात पछि ठूलो पहिरो गएको छ । वर्षात पछिको पहिरोमा परि केरला राज्यको वायनाडमा १ सय ७८ जना भन्दा बढिको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

बीबीसी हिन्दीका अनुसार बाढी पहिरोमा परेर अझै केही व्यक्तिहरु हराईरहेका छन् । पहिरोमा परी ज्यान गुमाउनेहरुमा ८१ जना पुरुष, ७१ जना महिला र २६ जना बालबालिका रहेका छन् । पहिरोका कारण वायनाडको चूरालमाला, मुन्डाक्कई जस्ता क्षेत्र धेरै प्रभावित भएको पनि बीबीसीले जनाएको छ । 

पहिरो प्रभावित क्षेत्रमा पुगेर उद्धार टोलीले ८८ वटा राहत शिबिर स्थापना गरेको छ । बाढी पहिरोले विस्थापित भएका झण्डै ९ हजार मानिसलाई उद्दार गरि शिविरमा राखिएको पनि हिन्दी बीबीसीले जनाएको छ ।