मानेभञ्ज्याङ्गमा एक पुरुष मृत फेला
ओखलढुङ्गान्युज, १७ साउन । जिल्लाको मानेभञ्ज्याङ्ग गाँउपालिका एक पुरुषको शब फेला परेको छ । मृत शब जिल्लाको मानेभञ्ज्याङ्ग गाँउपालिका वडा नं. ३ उँबुका ५१ वर्षिय पृथ्वी बहादुर राईको रहेको स्थानीय मेडल राईले जानकारी दिए ।
मृतक राई घरमा एक्लै बस्दै आएका थिए । मृतक राई गत शोमबार देखी वेपत्ता रहेका थिए । बेपत्ता राई खोजी गर्ने क्रममा बुधबार (आज) विहान मानेभञ्ज्याङ्ग गाँउपालिका वडा नं. ३ उँबुको भुराम पाखामा मृत अबस्थामा फेला परेको स्थानीय हेमनाथ राईले जानकारी दिए । राईको शबलाई स्थानीयले घाँसकाट्न जाने क्रममा फेला पारेका हुन् ।
राईमा केही समय पहिला मानसिक स्वास्थ्य समस्या पनि देखा परेको थियो । उनी घर नजिकै रहेको भिरमा मृत फेला परेका थिए । घाँस काट्न जाने क्रममा राईको लडेर मृत्यु भएको अनुमान गरिएको छ ।
मृतक राईको शब फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली घटनास्थलमा पुगेर कानुनी प्रकृया पुरा गरि शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको स्थानीय हेमनाथ राईले जानकारी दिए ।