अविरल वर्षात पछिको पहिरोले चर्चित मन्दिर चम्पादेवी ककनीमा क्षति
ओखलढुङ्गान्युज, १७ साउन । साउन १५ गते बेलुकी परेको अविरल वर्षात पछि पहिरो जादा जिल्ला कै प्रख्यात मन्दिर चम्पादेवी ककनीमा क्षति भएको छ । जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. ९ मा पर्ने मन्दिर चम्पादेवी ककनीमा पहिरोले क्षति गरेको हो ।
मूल मन्दिर नजिकै रहेको झरना नजिकबाट पहिरो झर्दा चम्पादेवीको मुल मन्दिरमा क्षति पुगेको छ । केहि समय अगाडी गाँउपालिकाको बजेटबाट निर्माण गरिएको देवीको मुलथानमा रहेको भन्दिरको एउटा पिल्लर भाँचिएको छ । पिलर भाँचिदा मन्दिरको गजुर समेत ढल्किएर बाँगो बनेको छ ।
त्यस्तै मन्दिरको दर्शनका लागि आउने तिर्थालु भक्तजनहरुले मन्दिर बाहिर बसेर रुद्रि पूजा गर्न सजिलो होस भनेर बनाईउको चौताराको भाग भन्दा तलबाट पहिरो गएको छ । पहिरोले उक्त भागमा समेत क्षति गरेको छ ।
रातभरिको ठूलो वर्षात पछि मन्दिरको अबलोकन तथा अनुगमनका लागि चम्पादेवी गाँउपालिका वडा नं. ९ का वडा अध्यक्ष सुजन पौडेलको नेतृत्वमा टोली मन्दिरमा पुगेको थियो । अबलोकनका क्रममा मन्दिरमा निकै क्षति भएको तथा आउदै गरेको चाड र मन्दिरमा लाग्ने मेलाको अबसरलाई मध्य नजर गर्दै बर्षातको समय रोकिना साथ मन्दिरमा पूननिर्माणको काम थालनी गर्ने चम्पादेवी गाँउपालिकाका प्रवक्ता एवम् वडा नं. ९ विलन्दुका वडा अध्यक्ष सुजन पौडेलले जानकारी दिए ।