नेपाली समय Loading...२०८१ चैत्र २९ शुक्रबार

अविरल बर्षात पछि च्यानमको सीम्पानीमा पहिरो, सवारी आगमन अबरुद्ध

ओखलढुङ्गान्युज, १७ साउन । गएराती आएको भिषण बर्षातपछि च्यानममा आएको पहिरोले ओखलढुङ्गा सदरमुकाम आवतजावत गर्ने बाटो अबरुद्ध बनेको छ । सुनकोशी गाउँपालिका वडा नं. ८ को सीमपानी भन्ने स्थानको सल्लाघारीमा पहिरो जनादा सवारी बाटो अबरुद्ध बनेको हो ।

भल र पहिरोका कारण सुनकोशी गाउँपालिकाको फलाटेभञ्ज्याङ्ग, मूलखर्क, च्यानम हुदै ओखलढुङ्गा तर्फ जाने तथा जिल्ला सदरमुकाम बाट उक्त स्थानमा आउने सम्पूर्ण यातायातका सवारी साधनहरु बीचमा नै रोकिएका छ् । पहिरोले बाटो अबरुद्ध हुनुका साथै गएरातीको भिषण बर्षात पछिको भलका कारण ठाँउठाँउमा बाटाहरु भत्किएका छन् । बाटो अबरुद्ध भएका कारण सदरमुकाम जाने र सदरमुकामबाट आउने सवारी साधन तथा यात्रुहरु पैदल यात्रा गर्नुपरेको सुनकोशी गाँउपालिका वडा नं. ८ का वडा अध्यक्ष गुणराज भट्टराईले जानकारी दिए ।

बाटो अबरुद्ध भएपछि वडा अध्यक्ष भट्टराईले आफ्नो सामाजिक सञ्जाल मार्फत सूचना हालेर यात्रु तथा सवारी चालकहरुलाई जानकारी गराएका छन् । बाटो अबरुद्ध भएपछि अहिले बाटो खुलाउनका लागि जेसीबी झिकाईएको र बेलुकासम्म बाटो खुलाउने प्रयास भैरहेको वडा अध्यक्ष भट्टराईले जानकारी दिए ।