नेपाली समय Loading...२०८१ कार्तिक ६ मंगलवार

एसीसी महिला टी–२० एशिया कप क्रिकेटको उपाधि श्रीलंकालाई

ओखलढुङ्गान्युज, १३ साउन । आईतबार सम्पन्न एसीसी महिला टी–२० एशिया कप क्रिकेटको उपाधि श्रीलंकाले हात पारेको छ । श्रीलंकाको यो पहिलो एवम् ऐतिहासिक जित हो । सातपटकको एसीसी च्याम्पियन भारतलाई ८ विकेटले पराजित गर्दै श्रीलंकाले ऐतिहासिक जित हासिल गरेको हो ।

आज आईतवार श्रीलंकाको दाम्बुला अन्तरराष्ट्रिय क्रिकेट रंगाशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै भारतले ६ विकेट गुमाएर १६५ रन बनाएको थियो । १६५ रन बनाएको भारतले घरेलु टोली श्रीलंकालाई जितका लागि १६६ रनको लक्ष्य दिएको थियो।

भारतले दिएको उपाधी प्राप्ति लक्ष्यलाई श्रीलंकाले २ विकेटमात्र गुमाएर ८ बल खेल्न बाँकी रहँदै भेट्टाएको हो । भारतले सन् २००४, २००५, २००६, २००८, २०१२, २०१६ र २०२२ मा उपाधि जितेको थियो । सन् २०१८ को एशिया कपमा भने बंगलादेशले उपाधी चुमेको थियो ।