नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

ओखलढुङ्गामा मोटरसाईकलले ठक्कर दिदा बालक गम्भिर घाईते

ओखलढुङ्गान्युज, १३ साउन शनिवार साँझ ओखलढुङ्गामा तिब्र गतिमा रहेको मोटरसाईकलले सडकको किनारामा रहेका बालकलाई ठक्कर दिदा बालक गम्भिर घाईते भएका छन् । घाईते हुने बालकमा जिल्लाको सिद्धचरण नगरपालिका वडा नं. ११ मिलनचोक बस्ने गणेश बहादुर कालिकोटेको ८ बर्षिय छोरा अर्पण कालिकोटे रहेका छन् ।

शनिबार साँझ करीब साँढे ५ बजेतिर जिल्लाको रमाईलोडाँडाबाट लगलगे तर्फ जादै गरेको प्र–०२–०४८ प १६३५ नम्बरको मोटरसाईकलले बालक कालिकोटेलाई मिलनचोकमा ठक्कर दिएको थियो । ठक्कर दिएर घाईते भएका बालकलाई तत्काल उद्धार गरि उपचारका लागि सामुदायीक अस्पताल मिसन सोब्रु ओखलढुङ्गामा पठाईएको थियो । बालकको टाउकामा गम्रि चोट लागेको थियो ।

मोटरसाईकलको ठक्करबाट टाउकामा गम्भिर चोट लागेका बालकको सामुदायीक अस्पताल मिसन सोब्रुमा उपचार हुन नसकेपछि काठमाण्डौं पठाईएको थियो । थप उपचारका लागि काठमाण्डौं पठाईएका बालकको हाल काठमाण्डौंको केएमसी अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मनिष लुईटेलले जानकारी दिए ।

बालकलाई ठक्कर दिने मोटरसाईकल चालक सिद्धिचरण नगरपालिका वडा नं. ११ रमाईलोडाँडा बसपार्क बस्ने विवेक बाबु गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाईकल चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।