नेपाली समय Loading...२०८१ भाद्र २३ आईतवार

अविरल वर्षाका पछि आएको पहिरोमा परि रामेछापमा ३ जनाको मृत्यु

ओखलढुङ्गान्युज, ११ साउन । विहिवार अपरान्ह देखि परेको अविरल वर्षा पछि आएको पहिरोमा परि रामेछापमा ३ जनाको मृत्यु भएको छ । विहिवार राति आएको पहिरोमा परि रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुका एकै टोलका तीन जनाको मृत्यु भएको हो ।

बिहीबार बेलुकी पौने ९ बजेतिर घरमाथिबाट खसेको पहिरोले स्थानिय बिमान तामाङको घर पुर्दा उनकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवम् प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।

स्थानिय तथा प्रहरीको सहयोगमा भत्किएको घरबाट ढुङ्गा माटो पन्छायर तीनैजनाको शवलाइ निकालिएको थियो । बर्षातका कारण पहिरो र भलले जिल्ला सदरमुकाम मन्थलीसम्म पुग्ने बाटाहरु अबरुद्ध बनेका छन् । बाटो अबरुद्ध बनेको कारण शवको पोस्टमार्टमका लागि मन्थली सम्म लैजान समस्या भैरहेको प्रहरीले जनाएको छ ।