नेपाली समय Loading...२०८१ भाद्र २३ आईतवार

मोलुङमा एक बृद्ध मृत फेला

ओखलढुङ्गान्युज, १० साउन जिल्लाको मोलुङ गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौर सोलाखर्कका ६५ बर्षीय खडानन्द दाहाल रहेका छन् ।

विहिबार विहान रामपुर–श्रीचौर सडक खण्डको ढुंगे भन्ने स्थानमा दाहाल मृत फेला परेका हुन् । विहिबार विहान स्थानीयले दाहालको मृत शबलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर हुनसाथ घटनास्थलमा प्रहरीको टोली पुगेको थियो ।

प्रहरीको टोली घटनास्थमा पुगेर कानुनी प्रकृया पुरा गरि शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । शबको पोष्ट मार्टम पश्चात परिवारको जिम्मा लगाईएको पनि प्रहरीले जनाएको छ ।

घटनाको बारेमा अनुसन्धान सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।