नेपाली समय Loading...२०८१ कार्तिक २ शुक्रबार

खेल्ने क्रममा लडेर घाईते भएका बालकको मृत्यु

ओखलढुङ्गान्युज, १० साउन ओखलढुङ्गामा खेल्ने क्रममा लडेर घाईते भएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. १२ सितलपुर बस्ने देवराज राईको छोरा १२ बर्षका सौरव राई रहेका छन् ।

मृतक बालक केहि दिन अगाडी खेल्ने क्रममा घर नजिकै लडेका थिए । लडेर उनको शरिरमा नदेखिने चोटसँगै वाँया खुट्टाको घोडामा समेत चोट लागेको थियो । बालक घाइते भएपनि मृतक बालकका परिवारले घरेलु उपचार गरेर बालकलाइृ घरमा नै राखेका थिए ।

घाईते बालकलाई विहिबार विहान अचानक गम्भिर स्वास्थ्य समस्या भएपछि बालकका परिवारले सामुदायीक अस्पताल मिसन सोब्रुमा पु¥याएका थिए । उपचारका लागि अस्पतालमा लगिएका बालकको अस्पताल पु¥याउदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण खड्काले जानकारी दिए ।

मृतक बालकको शबलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको पनि प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए । घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।