नेपाली समय Loading...२०८१ भाद्र २३ आईतवार

खिजिदेम्बामा एक घरमा आगलागी, १० लाख बढीको क्षति

ओखलढुङ्गान्युज, साउन जिल्लाको खिजिदेम्बा गाँउपालिका ९ को ताउर भन्ने स्थानको एक घरमा आगलागी भएको छ । खिजिदेम्बा गाँउपालिका वडा नं. ९ ताउरका कर्मा ग्याल्जी शेर्पाको घरमा आगलागी हुदा १० लाख बढीको क्षति भएको छ ।

आइतबार दिउँसो साँढे १ बजेतिर शेर्पाको घरको चुल्होमा बालेको आगोबाट अचानक घरमा आगो सल्कदा शेर्पाको माटो ढुङ्गा र जस्ताको छानो भएको २ तल्ले घर, घर भित्र रहेको नगद, लता कपडा, अन्नपात र भाडा वर्तन पुर्ण रुपमा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । स्थानीय र प्रहरीको सहयोगमा आगोलाई झण्डै साँढे ३ घण्टा पछि पूर्ण रुपमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

आगलागीबाट शेर्पाको दुई तले घर सहित नगद रु १८ हजार, १५ मुरी गहुँ तथा अन्य सामान सहित १० लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।