नेपाली समय Loading...२०८२ बैशाख ७ आईतवार

दोलखाको भिमेश्वर मन्दिरको शिलामा पसिना : अनिष्टको संकेत ?

ओखलढुङ्गान्युज, ५ साउन । आज शनिवार मध्य दिउँसोबाट दोलखाको प्रसिद्ध मन्दिर भीमेश्वर मन्दीरको शिलामा पसिना आएको छ । मन्दीरको शिलामा आज शनिवार दिउँसो १ः ४७ बजेबाट करीब २ घण्टा पसिना आएर रोकिएको छ ।

मन्दिरमा रहेको शिलाको वाँयातर्फबाट पसिना आएको भीमेश्वर पुजा तथा गुठी व्यवस्थापन समितिले जनाएको छ । भीमेश्वरको मन्दिरमा रहेको शीलामा वायाँतर्फबाट पसिना आएमा जनतालाई अनिष्ट हुने जनविश्वास रही आएको छ ।

मन्दिरमा रहेको शिलामा पसिना आएको खबर पश्चात मन्दिरमा ठुलो संख्यामा दर्शनार्थीको भिड लागेको छ । भिमेसनको शिलामा पसिना आएपछि स्थानीयवासीले भने जम्मा भएर कुनै अनिष्ट नहोस् भनेर १ घण्टा सम्म मन्दिरको घण्टा, नगरा, स्थानीय बाजा बजाएका छन् । 

भिमसेनको शिलामा पसिना आए राष्ट्र, राष्ट्रप्रमुख, सरकार तथा जनतामा अनिष्ट हुने बताईन्छ । शिलाको सवै भागवाट पसिना आए मुलुकमा ठूलै अनिष्ट हुने अनुमान गरिन्छ । दायाँवाट आउँदा राष्ट्र प्रमुख तथा सरकार र बाँयावाट आउँदा जनतामा अनिष्ट हुने जनबिस्वास छ ।