नेपाली समय Loading...२०८१ कार्तिक २ शुक्रबार

नयाँ सरकार गठन भएकै दिन तेलको मूल्यमा उच्च बृद्धि 

ओखलढुङ्गान्युज, १ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको दिन नै पेट्रोलियम पदार्थको मूल्यमा उच्च बृद्धि भएको छ । नयाँ सरकार गठन भएकै दिन नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उच्च रूपमा वृद्धि गरेको हो ।

निगमको आज आइतबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धी गरेको हो । आयल निगमले शोमबार साँझ एक सुचना प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाएको जनाएको छ । केहि दिन अघि पनि आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धी गरेको थियो ।

निगमले प्रकाशित गरेको सूचनामा हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ नभएको जनाएको छ । बढेको मूल्य आज साउन १ गते बिहानी मंगलबार राति १ बजेपछि लागू हुने आयल निगमले जनाएको छ ।