नेपाली समय Loading...२०८२ बैशाख ६ शनिबार

सोलुखुम्बुबाट काठमाडौँ जाँदै गरेको बोलेरो ओखलढुङ्गामा दुर्घटना, दुई घाइते

ओखलढुङ्गान्युज, २० असार । विहिवार दिउँसो सोलुखुम्बुबाट काठमाडौँ तर्फ जाँदै गरेको बोलेरो ओखलढुङ्गामा दुर्घटनामा परेको छ । बोलेरो दुर्घटनामा परि त्यसमा सवार दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नं. ५ का ३८ बर्षकी रन्जु खड्का र का रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ५ का ३१ बर्षका दिनेश थापा रहेका छन् ।

सोलुखुम्बुबाट काठमाडौँ जाँदै गरेको स १ ज ५५६ नम्बरको डबल क्याप बोलेरो ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ८ जरंगे, भुसुनेको जंगलमा विहिवार अपरान्ह पौने २ बजेतिर दुर्घटनामा परेको हो । बोलेरो सडकमा गुडिरहेको अबस्थामा अचानक एक्सेल भाँचिएर सडकमा नै पल्टीएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ‌।

दुर्घटना परि घाइते भएका दुवैजनालाई तत्काल उद्दार गरि उपचारका लागी सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा पुर्याइएको थियो । घाइते भएका दुवैजनाको अहिले अस्पतालमा उपचार भैरहेको तथा उनीहरुको स्वास्थ्य अबस्था खतरा मुक्त रहेको पनि प्रहरीले जनाएको छ । 

बोलेरोमा ६ जना सवार रहेका थिए । अहिले दुर्घटनामा परेको बोलेरो र त्यसका चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा राखिएको तथा घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।