नेपाली समय Loading...२०८१ भाद्र २३ आईतवार

लगातार तिन पटक घटेको तेलको मूल्य बढ्यो

ओखलढुङ्गान्युज, १६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमको आज आइतबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धी गरेको हो ।

आयल निगमले आइतबार साँझ एक सुचना प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ बढाएको जनाएको छ । विगत तीन पटक लगातार घटाएको तेलको मूल्य आइतबार मध्यरातीबाट भने बढेको हो ।

निगमले प्रकाशित गरेको सूचनामा हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ नभएको जनाएको छ । बढेको मूल्य आज आइतबार राति १२ बजेपछि लागू हुनेछ ।