नेपाली समय Loading...२०८१ भाद्र २३ आईतवार

तेश्रो संस्करणको कमेडी च्याम्पियनको उपाधी सुनिललाई

ओखलढुङ्गान्युज, १६ असार कमेडी च्याम्पियन तेश्रो संस्करणको उपाधी काठमाण्डौंका सुनिल खड्काले जितेका छन् । उपाधी जितेसँगै खड्काले नगद रु २५ लाखका साथमा एक विद्युतिय गाडी प्राप्त गर्नेछन् ।

शनिवार सम्पन्न भएको फाईनल प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका सुनसरीका ऋषभ काफ्ले र नवलपरासीकी सुयशा खनाललाई पछि पार्दै उपाधी जितेका हुन् । अन्तिम प्रतिष्पर्धामा कानवलपरासीकी सुयशा खनाललाई पछि पार्दै उपाधी जितेका हुन् । अन्तिम प्रतिष्पर्धामा काफ्ले फस्ट रनरअप र खनाल सेकेण्ड रनरअप घोषित भए ।

फस्ट रनरअप भएका काफ्लेले स्कुटर पाउनेछन् । फाईनलमा पुगेका तीनैजनाको १५–१५ लाखको जिवन विमा भएको छ । प्रतियोगितामा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा निर्णायकको भूमिकामा रहेका थिए ।