नेपाली समय Loading...२०८१ भाद्र २३ आईतवार

हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

ओखलढुङ्गान्युज, १५ असार सोलुखुम्बु जिल्लाकी एक सुत्केरी महिलालाई आज ओखलढुङ्गाबाट उद्धार गरि काठमाण्डौं पठाईएको छ । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ८ का लोक बहादुर खड्काकी २५ वर्षिया श्रीमती सन्जिता केसीलाई हेलिकप्टर मार्फत उद्धार गरि काठमाण्डौं पठाईएको हो ।

गर्भवती रहेकी केसीलाई सुत्केरी व्यथा लागेपछि १३ गते विहिबार राती ओखलढुङ्गाको सामुदायीक अस्पताल सोब्रुमा ल्याईएको थियो । सोब्रुमा ल्याईपु¥याईए पछि केसीले कम तौल भएको बच्चालाई जन्म दिएकी थिईन् । कम तौल भएको बच्चा जन्मिएको तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि अस्पतालले सुत्केरीलाई सकेसम्म छिटो काठमाण्डौं लैजान शनिवार सिफारिस गरेको थियो ।

अस्पतालले काठमाण्डौं लैजान सिफारिस गरेपनि तत्काल गाडीमा राखेर सुत्केरी काठमाण्डौं लैजानलाई समस्या भएको थियो । गाडीमा लैजान समस्या भएपछि जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गा र नेपाली सेनाको समन्वयमा राष्ट्रपति सुत्केरी महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत सुत्केरी महिलालाई थप उपचारका लागि काठमाण्डौं पठाईएको हो ।