नेपाली समय Loading...२०८१ भाद्र २३ आईतवार

पुर्व वडा अध्यक्ष बुढाथोकीले जन्मदिनमा दिए विद्यार्थीलाइ स्टेशनरी 

ओखलढुङ्गान्युज, १४ असार । साना होस वा ठूलाको, जन्मदिन भन्ने साथ केक काट्दै हजारौं फजुल खर्च गर्छन् । अहिले जन्मदिनको अवसरमा भन्दै हजारौं फजुल खर्च गर्नेहरुको संख्या बढ्दैछ । तर चम्पादेवीका एक पुर्व वडा अध्यक्षले भने आफ्नो जन्मदिनमा विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण गरेका छन् ।

तर चम्पादेवी गाँउपालिका वडा नं. १० का पुर्व वडा अध्यक्ष एवम् युवा उद्यमी उज्जन बुढाथोकीले आफ्नो जन्मदिनमा विद्यालयका विद्यार्थीलाई स्टेशनरी बाडेर मनाएका छन् । उनी नेपाली कांग्रेस ओखलढुङ्गाका निर्वाचित उपसचिव पनि हुन् ।

बुढाथोकीले आज गाउँ कै स्कुल सुनकेशरी मावि नर्कटे रानीवनका १६० जना विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरेका छन् । उक्त विद्यालयमा बुढाथोकीले पनि पहिला अध्ययन गरेका थिए । नानीहरुलाई स्टेशनरी बाड्दा आफुलाई खुशी मिल्नुका साथै खुशीको दिन फजुल खर्च गर्नुभन्दा सामाजिक काममा लाग्नुपर्छ भनेर सन्देश दिने उद्देश्यले आफुले विद्यार्थीलाइ स्टेशनरी वितरण गरेको बुढाथोकीले बताए ।