नेपाली समय Loading...२०८१ भाद्र २३ आईतवार

ओखलढुङ्गाबाट एसइइ परीक्षामा नगरपालिका कै एउटा विद्यालय निल

ओखलढुङ्गान्युज, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशन गरेको शैक्षिक सत्र २०८० को माद्यमिक शिक्षा परीक्षा एसइइमा ओखलढुङ्गाबाट ५१.५५ प्रतिशत विद्यार्थी पास भएका छन् । २०८० चैत १५ देखी सन्चालन भएको एसइइ परीक्षामा सहभागी मध्ये ५१.५५ प्रतिशत अर्थात १२६० जना विद्यार्थी पास भएका हुन् ।

परीक्षामा सहभागी भएका विद्यार्थी मध्ये ११८४ जनाको ननग्रेड अर्थात विद्यार्थी अनुत्तिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुङ्गाका सुचना अधिकारी विष्णु कडेलले जानकारी दिए । जिल्लाबाट साधारण धारतर्फका २ हजार ३ सय २९ जना विद्यार्थी परिक्षामा सहभागी भएका थिए । 

सुचना अधिकारी कडेलका अनुसार हाल सम्म सामुदायीक विद्यालय तर्फ मोलुङ गाउँपालिका २ मा रहेको बरुणेश्वर माविबाट २ जनाले ३ दशमलब ८६ जिपीए तथा संस्थागत तर्फ लालिगुराँस इङ्लिस बोर्डिङ स्कुलका २ जना विद्यार्थीले ३ दशमलब ८६ जिपिए अंक प्राप्त गरेका छन् । विगतका बर्षको परीक्षामा ४ जिपीएका लागि प्रतिष्पर्धा देखिने ओखलढुङ्गामा यसपटक भने खडेरी देखिएको छ ।

सुचना अधिकारी कडेलका अनुसार परीक्षामा सहभागी भएर ओखलढुङ्गाबाट ५३ जना विद्यार्थीले ३.६१–४.० जिपिए अर्थात ए प्लस, २५९ जना विद्यार्थीले ३.२१ देखी ३.६ अर्थात ए प्लस अंक प्राप्त गरेका छन् । त्यस्तै ५५१ जनाले २.८१ देखी ३.२ अर्थात बी प्लस, ३६७ जनाले २.४१ देखी २.८ अर्थात बी र ३० जनाले २.४ अर्थात सी प्लस ग्रेड अंक प्राप्त गरेको सुचना अधिकारी कडेलले बताए ।

अहिले सम्म प्राप्त तथ्याङ्क अनुसार सिद्धिचरण नगरपालिका वडा नं. ३ को नारायणस्थान मावि असिनेबाट कुनैपनि विद्यार्थी पास नभएको सुचना अधिकारी कडेलले बताए । त्यहाँबाट यसपटक २८ जना विद्यार्थीले एसइइ छ परीक्षामा सहभागी जनाएका थिए । जिल्लामा ८२ मावि रहेको र कुन कुन माविबाट कति पास भए भन्ने विषयमा शुक्रबार मात्रै भन्न सकिने शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुङ्गाले जनाएको छ ।