नेपाली समय Loading...२०८१ भाद्र २३ आईतवार

एसइइको नतिजा सार्वजनीक: ४७.८६ प्रतिशत पास

ओखलढुङ्गान्युज, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको छ । माध्यामिक शिक्षा परीक्षा बोर्डले आज विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो ।

शैक्षिक सत्र २०८० को परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । उतिर्ण भएका परीक्षार्थी मध्ये १८६ जनाले ४ जीपीए ल्याएको परीक्षा बोर्डले जनाएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७ सय ८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । परीक्षा बोर्डले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । 

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिएको बताएका छन् । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने भएको छ ।

गत २०८० चैत १५ गतेदेखि २७ गतेसम्म भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।