नेपाली समय Loading...२०८१ कार्तिक २ शुक्रबार

दक्षिण अफ्रिका पहिलो पटक आईसीसी टी–२० विश्वकपको फाईनलमा

ओखलढुङ्गान्युज, १३ असार टी–२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल पुगेको छ । जारी आईसीसी टी–२० विश्वकप २०२४ मा आज विहिवार भएको खेलमा कडा प्रतिष्पर्धी ठानिएको अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिकाले फाईनलको यात्रा तय गरेको हो ।

यसअघि भएका एकदिवसीय प्रतिष्पर्धामा ५ पटक र टी–२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको दक्षिण अफ्रिकाले आज भएको खेलमा ऐतिहासिक जित निकाल्दै विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो । बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै विश्वकपमा फाईनलको यात्रा तय गरेको हो ।

आजको पहिलो सेमिफाईनल खेलमा पहिला ब्याटिङ गरेको अफगानिस्तान ११ दशमलब ५ ओभरमा ५६ रनमा अल आउट भयो । ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ दशमलब ५ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल भने शनिबार हुनेछ ।