नेपाली समय Loading...२०८१ चैत्र २६ मंगलवार

चट्याङ्गले लागेर चिशंखुमा लैनो गाई र रागा मरे

ओखलढुङ्गान्युज, १२ असार गएराती हावाहुरीसँगै परेको चट्याङका कारण भदौरेमा लैना गाई र रागा मरेका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नं. ६ भदौरेका बल बहादुर मगरको गोठमा चट्याङले लागेर लैना गाई र राँगा मरेका हुन् ।

चट्याङ लागेर लैना गाई र राँगा मर्दा करीब १ लाख ५० हजार भन्दा बढीको क्षति भएको भदौरेका वडा सचिब चोलेन्द्र बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार गएराती २ बजेतिर हावाहुरी र पानीसँगै भदौरे एरियामा दर्जनौं पटक चट्याङ परेको थियो ।

चट्याङले लागेर मगरको घरमा रहेको विभिन्न विद्युतिय उपकरणहरु समेत जलेका छन् । घर नजिकै रहेको गोठमा पशुचौपाया बाधेको स्थानमा चट्याङ लागेको वडा सचिब कार्कीले जानकारी दिए । छेउ छेउमा सँगै बाधेर राखेका लैना गाई र राँगा मरेपनि बीचमा रहेको भैसी भने सकुशल रहेको भदौरेबाट वडा सचिब कार्कीले जानकारी दिए ।