नेपाली समय Loading...२०८२ बैशाख ७ आईतवार

कोशी प्रदेश विरुद्धको रिट खारेज

ओखलढुङ्गान्युज, ११ असार ।  कोशी सरकारविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । रिट खारेज भएसँगै एमाले नेता हिक्मत कार्की नेतृत्वको एमाले–माओवादी गठबन्धन सरकार कोशीमा जोगिएको छ ।

सर्बोच्च अदालतका न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले केदार कार्कीको माग अस्वीकार गरी मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्तिलाई संविधानसम्मत ठहर्याएको हो ।

आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुख परशुराम खापुङले गरेको निर्णयविरुद्ध कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दिएको रिट सर्वोच्च अदालतले खारेज गरेको हो । अदालतको आदेशसँगै कोशी प्रदेशमा एमाले–माओवादी गठबन्धन सरकारले बैधता पाएको छ ।