सुनकोशीले उत्पादन ग¥यो तितेपातीबाट साबुन
ओखलढुङ्गान्युज, ९ असार । जिल्लाको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङले सुनकोशीमा उत्पादन भएको तितेपातीबाट निर्मित साबुनलाई गाउँपालिकाले बजारीकरणका लागि सहजीकरण गर्ने बताएका छन् । आज सुनकोशी गाउँपालिकामा आयोजना गरिएको तितेपातीबाट साबुन निर्माण गर्ने तालिमको समापन सत्रलाई सम्बोधन गर्दै पालिका अध्यक्ष तामाङले यस्तो बताएका हुन् ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले तालिम पश्चात सिकेको शीपलाई व्यबहारमा उतार्दै सकेसम्म धेरै साबुन उत्पादन गर्न सहभागीहरुलाई अनुरोध गरे । युवाहरुलाई विदेश जानबाट रोक्दै आयआर्जन र जिविकोपार्जनमा सहयोग गर्ने उद्देश्यका साथ सुनकोशी गाउँपालिकाले युवा लक्षित विभिन्न तालिमहरु सञ्चालन गरिरहेको बताए ।
सम्बोधनका क्रममा अध्यक्ष तामाङले तितेपातीबाट सुनकोशी गाउँपालिकामा १२ महिना नै साबुन उत्पादन गर्न कच्चा पद्धार्थ नहुने भएकोले सिजनमा भने ठूलै भोलुममा साबुन उत्पादन गर्न सहभागीहरुलाई अनुरोध गरे । ठूलो भोलुममा साबुन उत्पादन भए सुनकोशी गाउँपालिकामा र जिल्लामा नै बाहिरी स्थानबाट आउने साबुनलाई रोक लगाउदै स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रबद्र्धन गर्न आवश्यक परेमा गाउँपालिकाले कोशेली घरमा समेत लगानी गर्ने बताए ।
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा सुनकोशी गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तितेपातीबाट साबुन निर्माण गर्ने तालिम सञ्चालन गरेको हो । गत असार १ गतेबाट सुरु भएको तालिम आज आईतबार सम्पन्न भएको हो । तालिमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष तामाङसँगै उपाध्यक्ष सुनिता अधिकारी, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्की, विभिन्न वडाका वडा अध्यक्ष लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।