नेपाली समय Loading...२०८२ बैशाख ६ शनिबार

नर्मदेश्वरका नागरिकलाई खानेपानीको ट्यांकी वितरण

ओखलढुङ्गान्युज, असार लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वरको वडा कार्यालयले नर्मदेश्वरका नागरिकहरुका लाई खानेपानीको ट्यांकी वितरण गरेको छ । बुधबार वडा कार्यालयमा नागरिकहरुको उपस्थितीमा ट्यांकी वितरण गरेको हो ।

पछिल्लो समयमा खानेपानीको अभाव हुन थालेपछि खानेपानीको अभावलाई मध्य नजर गर्दै एकघर एक प्लाष्टिक ट्यांकी वितरण गरिएको वडा अध्यक्ष सोकर्ण श्रेष्ठले जानकारी दिए । आफु वडा अध्यक्ष भएको पहिलो तीन महिनामा ११ वटा ट्यांकी वितरण गरेका थिए । आर्थिक वर्ष २०७९/८० मा ५० वटा र चाल आर्थिक वर्ष २०८०/८१ मा ९९ वटा ट्यांकी वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।

अघिल्लो वर्ष सम्म वडाको बजेटबाट खानेपानीको ट्यांकी वितरण गरेको वडा कार्यालयले चालु आर्थिक वर्षमा भने वडाको ३ लाख र सहास नेपालको लिड्स परियोजनाको १ लाखको साझेदारीमा कूल ४ लाखको बजेटबाट ९९ वटा ट्यांकी वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठको भनाई छ । प्लाष्टिकको ट्यांकीसँगै पानीको श्रोत भएका तर घरसम्म पाईपको अभाव रहेका नागरिकहरुलाई घरसम्म पानी पु¥याउनका लागि १६ र २० एमएमका पाईप वितरण गरिएको समेत वडा अध्यक्ष श्रेष्ठले बताए ।

खानेपानीको अभावलाई मध्यनजर गर्दै नागरिकहरुको मागका आधारमा प्लाष्टिकको ट्यांकी वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठको भनाई छ । प्रतिघर ५ सय लिटरको एकथान ट्यांकी वितरण गरिएको हो । प्लाष्टिक ट्यांकी वितरण गर्दा कतिपय नागरिकहरुले आफूलाई नचाहिने बताएको र उक्त ट्यांकीलाई अर्का नागरिकलाई वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।