नेपाली समय Loading...२०८१ भाद्र २३ आईतवार

फेरी घट्यो तेलको मूल्य

ओखलढुङ्गान्युज, २ असार । आजबाट लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य घटाएको छ । शनिबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३, डिजल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाउने निर्णय गरेको हो ।

घटेको मूल्य आईतवार विहान राति १ बजेबाट लागू हुने आयल निगमले जनाएको छ । पछिल्लो पटक आयल निगमले पेट्रोलियम पद्धाथको मूल्यमा निरन्तर घटाएको छ । मूल्य घटाएसँगै काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ मा झरेको छ ।

त्यस्तै डिजेल र मट्टितेलमा भने काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ कायम भएको आयल निगमले जनाएको छ ।