मोलुङ ५ का वडा अध्यक्ष कार्कीको निधन
प्रकासित मिति : २०८१, ३१ जेष्ठ बिहीबार १३:२८
प्रकासित समय : १३:२८
ओखलढुङ्गान्युज, ३१ जेठ । जिल्लाको मोलुङ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गोपिकृष्ण कार्कीको निधन भएको छ । वडा अध्यक्ष कार्कीको बुधबार राती निधन भएको हो ।
लामो समयदेखि हाडको क्यान्सरबाट पिडित कार्की उपचारका लागी केहिदिन देखी अस्पतालमा रहेका थिए । कार्कीको उपचारका क्रममा बुधबार राती टियु शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको कार्कीको पारिवारिक श्रोतले जनाएको छ । कार्कीको विहिबार विहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।
यसैबिच आफ्ना वडा अध्यक्षको निधनको शोकमा आज विहिवार मोलुङ गाउँपालिकाले पालिकाका सबै कार्यालय तथा संघसंस्थाहरुमा सार्वजनिक विदा गरेको छ।