नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

मोटरसाइकल दुर्घटनामा ओखलढुङ्गामा एकको मृत्यु 

ओखलढुङ्गान्युज, २८ जेठ । आइतबार साँझ ओखलढुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा चिशंखुगढी गाउँपालिका वडा नं. ४ रातमाटे मझुवाका हस्त बहादुर विश्वकर्मा रहेका छन् ।

आइतबार साँझ चिशंखुगढीको माम्खा स्थित भित्री कच्ची सडक हुदै मझुवा तर्फ जाँदै गरेको बा.प्र. ०२-०१६ प ८५३२ नंबरको मो.सा. आफैँ अनियन्त्रीत भई सडकबाट करिब २०० मिटर तल झरेको थियो । सडकबाट मोटरसाइकल झर्दा मोटरसाइकल चालक विकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

मृतक विकको शबलाइ घटनास्थलमा कानुनी प्रक्रिया पुरा गरि पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाइएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।