चिशंखुगढीको पोखरेमा विद्युत सर्ट भएर आगलागी
ओखलढुङ्गान्युज, २५ जेठ । जिल्लाको चिशंखुगढी गाउँपालिकाको विद्युत सर्ट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ । जिल्लाको चिशंखुगढी गाँउपालिका वडा नं. २ पोखरेका गोपाल सार्कीको घरमा शुक्रबार विहान साँढे ११ बजेतिर विद्युत सर्ट भै आगलागी हुँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको हो ।
घर आगलागी हुँदा सार्कीको ढुङ्गामाटोले बनेको दुईतले घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा र भाडा वर्तन जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । आगलागीका कारण अन्य मानविय र पशुचौपायको क्षति भने नभएको पनि जिल्ला प्रहरी कार्यालय अेखलढुङ्गाले जनाएको छ ।
करीब साँढे ११ बजेबाट सुरुवात भएको आगलागीलाई स्थानीयको सहयोगमा एक घण्टा पछि नियन्त्रणमा लिईएको थियो । आगलागीका कारण दुई लाख ५० हजार भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।