नेपाली समय Loading...२०८१ चैत्र २६ मंगलवार

लिखुका शिक्षकलाई ‘कष्टमाइज्ड’ तालिम

ओखलढुङ्गान्युज, २३ जेठ गाउँपालिकाको शैक्षिक सुधारका लागि जिल्लाको लिखु गाउँपालिकाले शिक्षकहरुलाई ‘कष्टमाइज्ड’ तालिम प्रदान गरेको छ । गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार र गुणस्तर वृद्धिका लागि शिक्षकहरुलाई ‘कष्टमाइज्ड’ तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

तालिममा लिखु गाउँपालिकामा रहेका २२ वटा मावि तथा आधारभूत तह विद्यालयका २२ जना शिक्षक तथा शिक्षिकाहरुको उपस्थिती रहेको थियो । तालिममा सहभागी शिक्षकहरुलाई एकिकृत शिक्षणका क्रममा कसरी प्रभावकारी शिक्षण अभ्यास गराउन सकिन्छ भन्ने बारेमा प्रशिक्षण प्रदान गरिएको लिखु गाउँपालिकाको शिक्षा शाखा प्रमुख रचना मैनालीले जानकारी दिइन् ।

जेठ २० गते देखि २२ गते सम्म सञ्चालन भएको तालिममा सहभागी शिक्षकहरुलाई सैद्धान्तिक सँगै व्यवहारीक प्रशिक्षण प्रदान गरिएको शिक्षा शाखा प्रमुख मैनालीले बताईन् । तालिम लिखु गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।