नेपाली समय Loading...२०८१ कार्तिक २ शुक्रबार

टी–२० विश्वकपः आज नेपालले नेदरल्याण्डसको सामना गर्दै

ओखलढुङ्गान्युज, २२ जेठ । आज नेपालले टी–२० विश्वकप प्रतिष्पर्धा अन्तर्गत पहिलो खेलमा नेदरल्याड्सको सामना गर्दैछ । आज रातको सवा ९ बजेबाट नेपाल भर्सेस नेरल्याण्ड्स बीचको प्रतिष्पर्धा सुरुवात हुन लागेको हो  । 

टी–२० विश्वकप प्रतिष्पर्धा अन्तर्गत नेपाल भर्सेस नेरल्याण्ड्स बीचको प्रतिष्पर्धालाई काठमाण्डौं महानगरपालिकाले काठमाण्डौंका विभिन्न स्थानहरुमा देखाउने तयारी गरेको छ । नेपाल भर्सेस नेरल्याण्ड्स बीचको प्रतिष्पर्धालाई काठमाण्डौं महानगरपालिकाले काठमाण्डौंको टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रसारण गर्न लागेको हो ।

नेपालले प्रतिष्पर्धा गर्ने सबै खेलहरुलाई महानगरपालिकाले यी तिनै स्थानहरुबाट प्रत्यक्ष प्रशारण गर्ने सोमवार घोषणा गरेको थियो । आफ्नो घोषणा अनुरुप नै खेलको प्रत्यक्ष प्रसारणका लागि महानगरपालिकाले तयारी गरेको हो । खेलको प्रत्यक्ष प्रसारण ठूलो पर्दामा महानगरपालिकाले नै देखाउने भएपछि खेलको प्रत्यक्ष प्रसारण हेर्न अहिले ती स्थानहरुमा दर्शकहरुको भिड लागेको छ ।

नेपाली समयअनुसार आज साँझ सवा ९ बजेदेखि हुने खेल देखाउन महानगरले टुँडिखेलमा ठूलो एलईडी स्क्रीन राखेको छ । महानगरले ओपन डोर्स इन्टरटेनमेन्टको सहआयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रशारण गर्ने भएको हो ।