मोटरसाइकलले ठक्कर दिँदा ओखलढुङ्गामा एक महिला घाइते
ओखलढुङ्गान्युज, २१ जेठ । शोमबार साँझ मोटरसाइकलले ठक्कर दिँदा ओखलढुङ्गामा एक महिला घाइते भएकी छन् । घाइते हुनेमा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ११ बस्ने ४६ बर्षिया कृष्ण कुमारी विश्वकर्मा रहेकी छन् ।
शोमबार साँझ पौने ६ बजेतिर सिद्विचरण नगरपालिका ११ मिलनचोकबाट केत्तुके तर्फ जादै गरेको बा ९६ प १४६४ नम्वरको स्कुटरले पैदल यात्री विश्वकर्मालाई मिलनचोकमा ठक्कर दिंदा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । घाइते विश्वकर्मालाई तत्काल उद्दार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा पठाइएको पनि प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
महिलालाई ठक्कर दिने स्कुटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घाइतेको सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा उपचार भैरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।