नेपाली समय Loading...२०८२ बैशाख ७ आईतवार

चट्याङले लागेर ओखलढुङ्गामा तीनजना घाइते 

ओखलढुङ्गान्युज, ११ जेठ । शुक्रबार साँझ पानीसँगै परेको चट्याङका कारण ओखलढुङ्गामा तीनजना घाइते भएका छन् । जिल्लाको खिजिदेम्बा गाँउपालिकाको वडा नं. ५ बिमिरेमा शुक्रबार साँझ ५:४५ तिर पानीसँगै परेको चट्याङले लाग्दा तीनजना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा जिल्लाको खिजिदेम्बा गाँउपालिका वडा नं.-५ निवारे बस्ने अन्दाजी बर्ष ४५ की दिलमाया सुनुवार, सोहि स्थानकी बर्ष ५२ की बिष्णुमाया सुनुवार र रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं.-६ बस्ने ४० बर्षिया निर्मला सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । 

घाइते तीनैजनाको कम्मर मुनिको भाग नचल्ने समस्या देखिएको छ । घाइते सबैलाइ उपचारको लागि खिजिफलाटे आधारभुत स्वास्थ्य चौकी पठाइएको र उनीहरूको त्यही उपचार भैरहेको प्रहरीले जनाएको छ ।