नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

खिजिदेम्बामा सडेगलेको अबस्थामा पुरुषको शब फेला 

ओखलढुङ्गान्युज, ११ जेठ । जिल्लाको खिजिदेम्बा गाँउपालिकामा एक पुरुषको सडे गलेको अबस्थामा मृत शब फेला परेको छ । खिजिदेम्बा गाँउपालिकाको वडा नं. ८ भुसिंगा खोला जलबिद्युत आयोजनाको पानी लगाउने मुहानको छेउमा उक्त शब फेला परेको हो । 

विहिवार दिउँसो साँढे ३ बजे तिर भुसिंगा खोला जलविद्युत आयोजनाको पानी लगाउने मुहानको छेउमा सडे गलेको नचिनिने अवस्थामा पुरुष मानिसको मृत लाश बेबारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । शब फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

सडे गलेको, नचिनिने अवस्थामा शब फेला परेको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी शबको पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटारमा शब पठाइएको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।