खिजिदेम्बामा ट्र्याक्टर दुर्घटना १ को मृत्यु, १८ घाइते
ओखलढुङ्गान्युज, ४ जेठ । जिल्लाको खिजिदेम्बा गाँउपालिकामा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटनामा परि एक किशोरको घटनास्थलमा नै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
शुक्रबार विहान ९ बजेतिर जिल्लाको खिजिदेम्बा गाँउपालिका वडा नं. १ रगनीको होल्पु स्थित कच्ची सडकखण्डमा कामदार लिएर होल्पुबाट हाईड्रोपावरको ड्यामसाईड बिमिरे तर्फ जाँदै गरेको लिखु – ४ हाईड्रोपावरको को २ त ८६२६ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर दुर्घटना परि ट्याक्टरको ट्रलीले किच्दा खिजिदेम्बा गाँउपालिका वडा नं ३ चण्डेश्वरी बस्ने श्रीभक्त सुनुवारको छोरा बर्ष २१ को आयुष सुनुवारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।
ट्याक्टरको ट्रली पल्टिदा ट्याक्टरमा सवार २० जना मध्ये अन्य १८ जना घाइते भएको सूचना अधिकारी प्रहरी निरीक्षक सिंहले जानकारी दिए । घाइते भएका मध्ये १२ जनाको अबस्था गम्भीर रहेको र ६ जनाको अबस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकाहरूलाई स्थानीयको सहयोगमा तत्काल उद्दार गरी रामेछाप जिल्लाको सिरिसे बजारमा रहेको मेडिकलमा पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि गम्भिर घाइते हुनेहरुमा खिजिदेम्वा गाउँ पालिका ३ का सुनिल सुनुवार, मान बहादुर सुनुवार रामेछाप जिल्लाको उमाकुण्ड गाँउपालिका ७ भुजीका मनोज नेपाली, श्याम बहादुर सुनुवार, श्याम कुमार श्रेष्ठ, सञ्जय सुनुवार, होम बहादुर सुनुवार, निर बहादुर थापा रहेका छन् । त्यस्तै गम्भीर घाइते हुनेहरुमा खोटाङको हलेसी तुवाचुङ् नगरपालिका १ का मन कुमार राई, वडा नं. २ का विकास राई, रामेछापको उमाकुण्ड गाँउपालिका ७ भुजीका मनीराज सुनुवार, मणी सुनुवार रहेकाे प्रहरीले जनाएको छ ।
त्यस्तै अन्य घाइते हुनेहरुमा रामेछापको उमाकुण्ड गाँउपालिका ७ भुजीका, मनोज कुमार सुनुवार, रामदेव सुनुवार, देवराज सुनुवार, जीवन कुमार सुनुवार, सुशिल सुनुवार र खेमराज थापा रहेका छन् । दुर्घटना परि गम्भिर घाइते भएकाहरुलाई सिरिसेको मेडिकलमा उपचार गरि थप उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । सामान्य घाइते भएकाहरुलाई भने प्राथमिक उपचार पश्चात घर पठाइएको पनि प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको ट्याक्टर घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्याक्टरका चालक धनकुटा जिल्लाको महालक्ष्मी गाउँपालिका ५ मुर्तिढुंगा बस्ने यम बहादुर निरौलालाई नियन्त्रणमा लिइ रामेछापको सिरिसे प्रहरी चौकीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।