नेपाली समय Loading...२०८२ बैशाख ७ आईतवार

भिरबाट लडेर चिशंखुगढीमा एक पुरूषको मृत्यु

ओखलढुङ्गान्युज, १ जेठ । जिल्लाको चिशंखुगढी गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चिशंखुगढी गाउँपालिका वडा नं.‌ ८ माम्खा बस्ने अन्दाजी वर्ष ५६ को पदम बहादुर बस्नेत रहेका छन् ।

माम्खामा रहेको ठाडोखोला साइडमा खानेपानीको पाइप मर्मतका लागि गएका बस्नेत रमिते भिरमा बाटोबाट करीब ५ सय मिटर तल खसेका थिए । भिरबाट खसेका बस्नेतको तत्काल उद्दार गरी उपचारका लागि रुम्जाटार अस्पताल लैजान सडक सम्म निकाल्ने क्रममा बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

बस्नेतको शबको कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको टोली घटनास्थलमा पुगेको छ । शबलाई कानुनी प्रक्रिया पूरा गरेर परिवारको जिम्मा लगाउने तथा घटनाको बारेमा थप अनुसन्धान भैरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।