ओखलढुङ्गा: चिप्लिएर दहमा खसेका पुरुष बेपत्ता
ओखलढुङ्गान्युज, ३१ बैशाख । ओखलढुङ्गाको चिशंखुगढीमा चिप्लिएर दहमा खसेका एक पुरूष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चिशंखुगढी गाउँपालिका वडा नं. ५ चुप्लुका २९ बर्षका सन्तोष राई रहेका छन् ।
आइतबार अपरान्ह साँढे ५ बजेतिर राई साथिहरु सँग चिशंखुगढी गाउँपालिका वडा नं. ७ मा रहेको ठोट्ने खोलामा पाहा मार्न गएका थिए । खोलामा पाहा मार्ने क्रममा राई अचानक चिप्लिएर लडि दहमा खसेका थिए । दहमा खसेका राई दह भित्र नै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।
राई वेपत्ता भएको विषयमा स्थानीयले बेलुकी ९ बजेतिर प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले सूचना पाउनासाथ रुम्जाटार विमानस्थल सुरक्षा गार्डको प्रहरी टोली घटनास्लतर्फ परिचालन गरिएको र शोमबार बिहानै देखी राईको खोजतलास भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।