नेपाली समय Loading...२०८२ बैशाख ७ आईतवार

ढुंगाले लागेर ओखलढुङ्गामा एक बृद्धको मृत्यु

ओखलढुङ्गान्युज, ३० बैशाख । भिरबाट झरेको ढुङ्गाले लागेर ओखलढुङ्गामा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मोलुङ गाउँपालिका वडा नं. ३ प्राप्चाको चौताराका ७३ बर्षिय जित बहादुर सुनुवार रहेका छन् ।

सुनुवार आइतबार दिउँसो घरबाट केही टाढा रहेको पाखोमा बाख्रा चराउन गोठाला गएका थिए । बाख्रा चराउन पाखामा गएका सुनुवार घरबाट करीब ५० मिटर पर मसिने डाँडाभिर भन्ने स्थानमा पुगेपछि भिरबाट खसेको ढुङ्गाले टाउकामा लागेको थियो । ढुङ्गाले टाउकामा लागेको सुनुवारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

घटनास्थलमा शबको कानुनी प्रक्रिया पूरा गर्न प्रहरीको टोली पुगेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।