बर्षातले सिद्धिचरण राजमार्गमा बाटो अबरुद्ध
ओखलढुङ्गान्युज, ३० बैशाख । विगत दुइ दिन देखी ओखलढुङ्गामा परेको अबिरल बर्षाका कारण सिद्धिचरण लोकमार्गमा सडक अबरुद्ध बनेको छ ।
सिद्धिचरण लोकमार्गमा पर्ने मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ६ र ७ को सिमानामा रहेको ओखलढुङ्गा-हर्कपुर सडकखण्ड अन्तरगतको भडारे खोलामा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । बर्षातका कारण उक्त खोलामा बाढी आई लेदो, माटो र बालुवाको कारण शनिबार बेलुका ८ बजेबाट बाटो पुरै अबरोध भएको प्रहरीले जनाएको छ ।
अबरुद्ध भएको बाटोलाइ सडक विभागसँग समन्वय गरि जेसीबीको प्रयोग गरेर बाटो खुलाउने प्रयास भैरहेको प्रहरिले जनाएको छ । बाटो अबरुद्ध हुदा सोलुखुम्बु, खोटाङ, भोजपुर, ओखलढुङ्गाबाट उक्त सडक हुदै काठमाडौँ जाने तथा काठमाडौँबाट भित्रिने यात्रुबाहक तथा मालबाहक सवारीसाधनहरु बाटो मै अलपत्र परेका छन् ।
बाटो खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।