नेपाली समय Loading...२०८१ मंसिर ६ बिहीबार

पुर्बी पहाडमा बन्दुकहरुसँग लुकामारी खेल्दा  

ओखलढुङ्गान्युज । हिँडदा हिँडदा लखतरान भइसकेको जिन्दगिलाइ जबरजस्ती घिसार्दै त कँहि कतै ओरालोमा हुत्याउदै,जसो तसो तामाकोशीको नँयापुलसम्म झार्यौ । हुन त तौँथलिबाट कालिन्चोक आसपास कुरिदेउराली हुँदै लापिलाङ्ग तिरबाट लामिडाँडाहुदै सम्पर्कमा पुग्न छिटो र सुरक्षित पनि हुन्थ्यो । तर काटाकुटीमा महत्वपुर्ण भेटघाटको काम अनि कमरेड दिपक लाईपनि सँगै लिएर जानुपर्ने पनि भएकोले त्यतैको रुट तय गरियो ।

सिन्धुपाल्चोकको तौँथली देखि मुढे, दोलखाको लाँकुरि भन्ज्याङ्ग, काटाकुटी, चरङ्गे खोला हुदै नयाँपुल, नाम्दु हुदै क्षेत्रपा अनि जुगु सम्मकोलागी दिवा यात्रा यानेकी दिउसै डे मूभ थियो त्यो यात्रा ।

ओ हो ! हिँडेर आइपुग्न त्यो कोच्याङ्ग खाँद ! कत्ति धेरै बाटो छ भन्नेकुरा हिड्नेहरुलाइ मात्र थाहा हुन्छ । तामाकोशीको नँयापुल, अतिधेरै संबेदनशिल नाका पनि हो । ०५५ को असारमा तत्कालिन ४ न। जिल्ला सेक्रेटरी गंगा कार्की क। विश्वको नेतृत्वमा रहेको टिम पुल क्रसगर्ने क्रममा राती घेरामा परेर कमाण्डोले गोलि बर्षाउदा दोहोरो भिडन्तमा परि कमरेड सरदको भौतिक शरीर पुलको बिचमै ढलेर अरु बाँकी साथिहरु मुस्किलले बाँचेको अत्यन्तै खतरनाक र संबेदनशिल नाका पनि हो नयाँपुल । प्राय कमाण्डो प्रहरीको गस्ती र एम्बुस भैरहेने ठाउँ हो नयाँपुल ।

अत्यन्तै साबधानी पुर्बक यता उति पल्याकपुलुक नजर डुलाएँ मैले । म आँफु पनि तत्कालिन अबस्थाको जिल्लाको इन्टेलिजेन्ट बिभागको ठुलैमान्छे पो हो त नि  ! ओ पि पनि आफै, रुटर र एफ जि वान पनि आफै अनि टिम कमाण्डर पनि आँफै । हैट ! अल राउन्डरनै होनित म पनि । तिनका सि आइ डि हरुले झै अनुसन्धान गर्न, आसपासको वातावरण हेरेर परिस्थितिको आकलन गर्न अनि हावा सुँघेर गन्ध पत्तालाउन धेरथोर हामिलाइपनि आउथ्यो नि आउन त । तर त्यो दिन पुल आसपास र त्यहिको हकमा खासै त्यस्तो संकाष्पद अबस्था भने देखिएन । बसमा जाने कि हिडेर जाने भन्ने बारेमा हाम्रो बहस चल्दै थियो । बसमा नै जाने भन्नेबारेमा साथिहरुको जिद्दी थियो ।

अखिल क्रान्तिकारिको केन्द्रीय सम्मेलनमा सहभागि हुन तत्कालिन ओखलढुङ्गा जिल्ला संयोजक शरदचन्द्र रसाइली र बिध्यार्थी प्रतिनिधि करुणा ढुङ्गेललाई काठमाण्डौ पठाउन सिन्धुपाल्चोक जिल्लाको तौँथलीमा टिम सम्पर्कमा छाडेर नँयापुल आइपुगेका थियौ हामी । म, चुडामणी घिमिरे क। दिपक उखुबारी, जुगु, दोलखा अनि प्रेम कार्की कमरेड सेबक बेताली रामेछाप, हाल बागमती प्रदेश समिती सदस्य हुनुहुन्छ ।

प्रीय कमरेड सेबक, पुर्बी पहाडमा सँग सगै दुस्मनसँग लुकामारी खेल्दै आएको अनि इमान्दारिता ढृढता र निष्ठाको अर्को नामपनि हो कमरेड सेबक । अत्यन्तै संबेदनशिल अबस्थाहरुमा पनि हामी सँगसँगै, पराई आँखाहरुलाई छल्दै महत्वपुर्ण कार्यहरु सम्पादन गर्दै आयौ र आइरहेका छौ निरन्तर आजसम्म पनि  ।

सम्पर्क स्थान क्षेत्रपामा भिम बहादुर श्रेष्ठ कमरेड किरणको घरमा थियो । नाम्दुको माथी ठोट्नेरी नजिकैको गोलाइसम्म बसमा जानपाइयो भने त यो लखतरान भइसकेको जिन्दगिलाइ केही राहात हुनुको साथै ज्यान हल्का तङ्ग्रीनपनि पाउनेथियो कि भन्ने जोडदार तर्क अनि जिद्दीपनि थियो साथिहरुको ।

सम्पर्कमा पनि समयमै पुग्नु पर्ने छ । सुरक्षाको बिषयमा हेलचेक्र्याइ र जबर्जस्ती त झन पिटिक्कै गर्नैहुदैन भन्ने मेरो अडान थियो । किनकी त्यो एरिया भनेको अत्यन्तै संबेदनशिल एरिया पनि हो । बस्तुगत अबस्थाको ठिकढंगले आँकलन गर्नुपर्ने त छदै थियो । साथसाथै त्यो ठाँउमा म आँफुपनि थुप्रै पटक घेराबन्दिमा परेर भयंकर खानतलासि बाट मुस्किलले बँचेको थिए । फेरि ३, ४ घण्टा हिँड्नको दुखले टिम फँस्यो र हामीहरु मारियौ भने एक त पार्टीको निम्ति ठूलो क्षति भयो अर्को तर्फ अराजक बनेर जिद्दि गर्दै गाडिचढेर फसियो भने त मरेर पनि आफैले कलंकको कालो धब्बा बोक्नुपर्दर्थ्यो ।

क्रान्ती कहाँ सजिलो थियो र रु भोक,तिर्खा,थकाइसँग जुध्दै, खाइनखाइ आगोसँग खेल्दै, यो ब्यबस्था परिबर्तनगर्ने क्रममा आइपरेका आआफ्ना जिम्मेवारीहरु पुरागर्न कहाँ सजिलो थियो र प्रीयजनहरु, हामीहरुलाइ पनि । तर बिडम्बना  ! हामी तिनजनामा म अल्पमतमै परें । मैले हारें ।

त्यतिकैमा हर्न बजाउदै हुँइकिएर काठ्माण्डौ जिरिको बस आइपुग्यो । हामी साबधानिपुर्बक फुत्त फुत्त बसको छतमा चढ्यौ । बस दौडियो । पुलपार गरेर एउटा गोलाइ घुम्दै पर नाम्दुतिरको गोलाइ र पहराको फेदको जंगलमा पुगेपछि अचानक हामी चडेको बसलाइ २४, २५ जना दंगाप्रहरीहरुले जबर्जस्ती रोकि त हाल्यो । ओहो ! दंगा प्रहरी ? ला ! अब चाहि फँसियो भन्नू भन्दाबाहेक हामिहरुसँग कुनै उपाय र अरु बिकल्प पनि थिएन । हामीले एकअर्कालाइ हेर्यौ र आपसमा आँखाहरु जुधायौं ।

गाउँ, बस्ती दोबाटो र विशेष नाकाहरुमा दङ्गा प्रहरीहरुको बाक्लो गस्ती, खानतलासी, तिब्र दमन र धरपकड बढेको कारण हामी आफू हरहम्मेशा सचेत र सतर्क हुनुपर्दथ्यो । किलो सेरा टू  प्रहरी अप्रेशनको बेला इलाका प्रहरी कार्यालय मैनापोखरीबाट मार्बु हुँदै आएर त्यही जंगलमा दिनभरि लुकेर बसेको दंगाप्रहरि यानेकी कमाण्डो फोर्स रहेछ त्यो ।

हामी तिनैजनासँग ग्रीनेट लगायत युद्ध सामग्रीहरु थियो । म सँग छोटो हतियार तीफदि पेस्तोल पनि थियो । अब जोडसँग चेक जाँच र खानतलासिमा परियो है । हामफालेर भाग्नसक्ने ठाँउ र अबस्था पनि छैन, आखिर घेरामा त परिनै सकियो । अब गिरफ्तारिमा पनि परियो । भरे रामधुलाइ गरेर हनुमन्तेको जंगलतिर वा गैरिमुदिको खाँदतिर कता लगेर दोहोरो मुठभेडको नाममा गोलिद्वारा उडाइने हो ? भन्ने लागिसक्यो ।

प्रहरीहरु हतार हतारमा भटाभट बसको छत तिरै पो चढ्न थाले बा !  “ओइ फुच्चे ! यो बन्दुक समात समात” एउटा कमाण्डोले उसकै सिपाहीलाई झै मलाइ आदेश गर्यो । सँगै अर्कोले पनि, अर्को, फेरि अर्कोले गर्दै मैले पनि ५-७ वटा राइफल समाएँ । बन्दुक साँच्चिकै मालको थियो ।

अप्रेसनको बेला प्रहरीहरुसँग युद्ध नलडिकन उसै हाम्रो हातमा म्याग्जिन सहितको यति मज्जाको राइफल । वाउ ! म्याग्जिनमा ८-९ राउन्ड (कार्तुस)  गोलिहरुपनि लोड गरिएको हुदो हो । पहिलो बन्दुक हात परिसकेपछि मैले पुलुक्क सेबकजी तिर हेरेर संकेत गरे, उहाँ खिस्स हाँस्नु भयो । कि ठोकौ त रु जस्तो पनि लाग्यो । त्यतिबेला सम्म ५-७ जना प्रहरीहरु छतमा चढेर हाम्रै वरिपरि पुगिसकेका थिए ।

 हुनत हो, तर फेरि अर्को भयानक नरसंहार र त्रासदिपुर्ण घटना पनि हुन सक्छ निू म भित्रको खाँट्टि बिबशले त्यसै भन्यो । होस है मरोस भनेर हात परिसकेको माल पनि छिमेकमा रहेको प्रहरिलाइ पास गरेँ । सेबकजिले पनि पनि सोही मात्रामा बन्दुकहरु समाएर अर्कोलाइ पास गर्नु भयो रे ।

ए बा ! मलाइ त फुच्चे पो भन्यो हो ! एउटा बक्यार्नु सिपाहिले । आखिर ठिट्टोले मलाइ पत्याएन ! उसले नपत्याउनु भनेको लगभग त्यो फोर्सले नपत्याउनुनै त हो । थोरै आँत्मारतिसहितको राहात महसुस भयो मलाइ । सम्झिंदा केहिबेरआँफै भित्र भित्रै काउकुती लाग्यो मलाइ ।

तर म आँफू फुच्चे नै भएतापनि तत्कालिन समयमा पुर्बि पहाडका भुगोलहरुमा धेरै महत्वपुर्ण जिम्मेवारिहरुलाई कुशलतापुर्बक सम्पादन गर्दैगर्दा धेरै पटक धेरै ठाँउमा मुस्किलले बाँच्दै, कालको मुखबाट फुत्किएर बजारमा धेरै एक्स्पोज पनि भइसकेको ब्यक्ति हो है हुनचाँहि । त्यसको उदाहरणको रुपमा ती जिल्ला अन्तर्गतको जुनकुनै ब्यारेक र प्रहरीचौकिहरु माथी फौजि हमलाहरु गर्दाको बखतमा होस वा चौकिहरु सेबोटेज गर्दा होस, परिचयमा बिबश, ठेगाना जुगु, दोलखा लेखिएको अनि ब्यारेक र चौकिको भित्ताहरुमा ठुलोआकार बनाएर राखिएको फोटाहरु ल्याएर देखाउदै, तपाइको त सबैतिर कृती फैलिइसकेछ, अब अलिक सचेत बनेर जोगिएर हिड्नु । उच्च सतर्कताको साथ कार्य सम्पादन गर्नु भन्ने कमाण्डरको निर्देशन पनि बारबार आइसकेको थियो ।

त्यति मात्र हैन तत्कालिन समयमा गिरफ्तार गरेर जिरि,चरिकोट लगायतका ब्यारेक र चौकीहरु पुर्याइएका कतिपय हाम्रो पार्टीका समर्थक, शुभचिन्त, आफन्त र साधारण गाँउले हरुलाइ रामधुलाइ गरेर क।प्रताप, कृपाश्वर, देबि खड्का, प्रभात, संगम लगायत हाम्रा फोटाहरु देखाउदै, यिनिहरुलाइ चिन्छस  भन्दै फेरि बेसमारि भकुर्ने गर्दथ्यो रे सेना र प्रहरीहरुले ।

अर्को कुरा जिरी, चरिकोट, मैनापोखरी, मुढे, खाडिचौर लगायत बजारहरुतिर अनि जिरी९काठमाण्डौको गाडिलाइन र त्यसमा पनि एक्स्प्रेस बसमा त झन बढी एक्स्पोज भैसकेको थियो यो ज्यान पनि । त्यसैले पनि अझ बढि सतर्कता अपनाउनै पर्दथ्यो । धेरै पटक झण्डै,झण्डै फँसेर मुस्किलले बाँचेको आखिर नाफाको जिन्दगि नै थियो यो ज्यान पनि । जहाँ, जतिबेला, जुनकुनै समय म आँफुलाइ (डे मुभ) को निम्ति चुनौति नै थियो त्यो नाका । र भौगोलिक रुपमा पनि । तर छध्मभेषमा (डिसगाइज गरेर) खुल्लारुपमा महत्वपुर्ण कार्यहरु संपादन गर्नको निम्ति साँच्चिनै उपर्युक्त पनि रहेछ मेरो त्यो उमेर ।

एउटा चुङ्गी र एक पकेट चुइगम सधैभरी गोजिमा बोकेर हिड्नु भन्ने आदेश पनि थियो मेरो पुर्ब ब्युरो इन्चार्ज यान प्रसाद गौतम (कमरेड आलोक) को । अझ सेबक जि त होचो होचो अनि मुठिभरिको मात्रै जस्तै त हुनुहुन्थ्यो । अनि कसले पत्याउथ्यो र उहाँलाइ त झन रु आँफुहरुलाइ र आफ्नो बिगत सम्झेर त्यो त्यस्तो कालको मुखभित्र परिसकेको बेलामा पनि हाँस उठ्यो अनि आँफैभित्र खिस्स आँफैसँग हाँसे म ।

त्यतिबेलाको समयमा स्वयम् प्रहरीले नै हाम्रो हातमै राइफल दिएपछि, त्यो बेला के गर्न सकिन्थ्यो र रु के के सम्म हुन सक्दथ्यो भन्नेकुरा त थाहा थियो नि ! तर के गर्नु फौजी हिसाबले हामी बिल्कुलै प्रतिकुल अबस्थामा थियौ । भौगोलिक अबस्था र त्यहाँको बस्तुगत अबस्था दुबै हिसाबले हाम्रो प्रतिकुलता थियो । हामीहरुभन्दा माथी घोप्टेपहरो थियो भने तलतिर तामाकोसीको कुलुली परेको मुल्को । फेरि हामिजस्ता फुच्चेहरुले २४-२५ जना राइफलधारि कमाण्डोहरुसँग निहु खोज्नु तथा त्यो फौजी कदम चाल्नु भनेको पहरोसँग कुहिनाले निहुखोजे जस्तै त छदै थियो ।

अर्कोकुरा हामीले त्यो कदम उठाउदा प्रहरीले गाडिमा सबार अरु जनताहरु धेरै संख्यामा मार्न सक्थ्यो । धेरै क्षती हुनसक्दथ्यो । अनि त्यो नरसंहारको कलंक पनि हामीले नै बोक्नुपर्दथ्यो । त्यस्तो अबस्थामा क्षणिक आबेग र उत्तेजनाले परिणाम नकारात्मक आउने पक्काथियो । बरु चुपचाप छिप्नसकेकै बेस भन्ने हाम्रो निष्कर्ष रहयो ।

आखिर नकारात्मक परिणामको बारेमा थाहा हुदाहुदै, आँत्माघाती कदम उठाउने कुरै भएन । बरु हामीले थप सतर्कता अपनायौ । मुखमा कच्याउ कच्याउ चुइगम चपाउदै, आबेग र उत्तेजनालाइ नियन्त्रण गर्ने कोसिस गर्यौ । अनि सामान्य केटाहरु जस्तै गरि सहजरुपमा रहदै, निकट भबिष्यमै आइपर्नसक्ने गम्भीर परिस्थितिको सामना गर्न अन्तरिक रुपमा तयार भयौ ।

२०५७ चैतमहिनाको पहिलो वा दोश्रो हप्ता हुनुपर्छ । खेततिर आलु खन्न र भित्र्याउनको धमाधम थियो । जाडो क्रमशः कम हुँदै थियो । पातलो ज्याकेटले कम्मरका हतियारहरु छोप्नुपरेको थियो । सुर्यका मलिन किरणहरु कालिन्चोक डाँडाबाट कुरिभन्ज्याङ्गको क्षितिज तिरको ओरालो तर्फ दौडि सकेका थिए । यानेकि नयाँपुलतिर हुदै बेलुकिको ४ बजिसकेको थियो । बसको छतमा पहिल्यै ८-१० जना यात्रुहरु हुदाहुन । त्यहि माथी २४-२५ जना हतियारधारी प्रहरीहरु चढेपछि वातावरण ठेलाम्ठेल भयो ।

म सँगै बसेको प्रहरीले अनुसन्धानको भाषामा प्याच्च सोधिहाल्यो, “भाइहरुको घर कहाँ हो र ? कहाँबाट आएको ? कहाँजाने ?”  उ अलिक बढी बाठो भयो । पत्रकार नै हो झै गरि ५ क को प्रयोग गरेर औपचारिकता पूरा गर्न खोज्यो उसले । मैले त तिनिहरुको हतियार समाइदिएर अघिनै ठूलो सहयोग पनि गरिसकेको थिए नि ! फेरि सोध खोज गर्छ बेइमान !

सहजरुपमा पत्याउने गरि स्वभाबिक जबाफ दिए मैले । एकहदसम्म हामीलाई पनि अप्ठ्यारो त लागिरहेको थियो । जिरिको एक्स्प्रेस बस जोडसँग दौडिरहेको बेलामा ठेलाम्ठेल हुँदा अनुसन्धान गर्ने क्रममा उनिहरुको हात र सरिरको कुनै अङ्गले हामीहरु सँग भएको हतियार भेट्यो वा पत्ता लगायो भने त जिन्दगी आजै चिलिम च्याट भैहाल्यो नी !

बडो सतर्कता अपनाउदै, उनिहरुको ठेलाइ त कसिला घुस्साहरुको सामना गर्दै, ठेलाइको प्रकृति अनुसार आफ्ना हतियारहरुलाई छिपाउदै, जोगाउदै गर्यौ ।

कतिबेला डिलमुनी ओइर्याइहाल्ने हो कि झै गरि जोडसँग हुँइकिदै गरेको बस मुस्किलले नाम्दुको मा।बि। स्कुल अगाडिपुगेर घचक्क रोकियो । स्कुल त अलिक अघिनै छुट्टी भैसकेको थियो । दर्जनौ बिध्यार्थीहरु ठेलामठेल गर्दै बस चढ्न लागे । ठाउँ त अघिनै प्याक भैसकेको थियो । केटाहरु कोहि डिलतिर झुण्डिए केही एकहातमा किताब च्यापेर अर्कोहातले नजिकै भेट्टिएको डण्डि समाएर झुण्डिए ।

छात्राहरु चाहिँ कोहि उसै, त्यतै कतै पेलिदै,च्यापिदै अडिन खोजे भने कोहि चाहिँ प्रहरीको अनुरोध मुताबिक उनिहरुको काखतिर पेलिदै, च्यापिदै अडिनखोजे । एकछिन अघिसम्म हामी माथि सोझिइरहेको प्रहरीहरुको ध्यान एक्कासि मोडियो र स्कुले बिध्यार्थीहरुमाथी केन्द्रीत भयो । लु, अबचाहीँ गज्जबको माल भेट्टियो है, झै गरि प्रहरीहरु केटिहरु सँग सिमानाघेर जिस्किनरजिस्क्याउन र ठट्टागर्न तिर लागे । हात हालाहाल गरेर पनि जिस्कन लागे । कुनै कुनैले त बन्दुक र नानिहरुलाइ एकैसाथ काखमा चपक्क च्यापे !

९-१० कक्षामा अध्ययन गर्दै गरेका, कुर्कुरे जवानी फक्रदै गरेका अल्लारे नानिहरु । सायद डेढदर्जन बसन्तहरु पनि टेकेको थिएन होला तिनिहरुको जिन्दगिले, लाली चड्दै गरेको तिनीहरुको मुखाकृती र हाउभाउले पनि उनीहरुको जवानि छिप्पिँदै गएको अनुभुत हुन्थ्यो । ढिलो नगरी त्यो अवस्था र दृश्य क्षणभरमै क्रमस छताछुल्ल पोखिन थाल्यो । सामान्यतयाः दृश्यहरु हाम्रो समाजमा पाच्य हुन नसक्ने खालकै थिए । मानौ कि पुलिस र ड्राइभरहरु केटिमान्छेहरु सँग सिमा नाघेर ठट्टा गर्ने र छिट्टै लोभिने गर्दछन भन्ने सामाजिक भनाई र बुझाइपनि रहेको छ । त्यो त्यहाँ प्रष्ट देखियो पनि ।

आखिर बन्दुक त हामीहरुले पनि बोकिरहेका छौं नि ! हतियारहरु हामीसँग पनि त छ नि !

हो, यही कुरा फरक छ उनिहरु र हामीमा । ताकि हामीमा पनि ख्याल ठट्टा, माया, दया प्रेम घृणा आबेग बिबेक सबै चिज छ । सायद उनीहरुको भन्दा धेरैबढि घुम्छ हाम्रो मथिंगल पनि । तर कहाँ, कतिबेला कुनचिजलाई प्राथमिकता दिने र कसरी अभिब्यक्त गर्नेभन्ने कुरा उच्च प्रकारको बैज्ञानिक चेतना, मालेमाबादी बिचार र सहि अनि गलत छुट्ट्याउन सक्ने बिबेक छ हामीसँग ।

हामीले बोकेको बन्दुक रगत, पसिना र आँसुको त्रीबेणीको बिचबाट उठेको मालेमाबादी बिचारद्वारा नियन्त्रीत र निर्देशित अनि स्वतन्त्रता र स्वाधिनताको निम्ती बोकिएको बन्दुक हो । अनि आबश्यक पर्यो भने यो आफ्नै छात्ती तिर पनि सोझिन सक्छ ।

तर उनीहरु केबल तत्कालिन सामन्ति सत्ताका रक्षकहरु हरु हुन । त्यहि पनि भाडामा परिचालित । उनिहरुको डिउटी केबल औपचारिकता थियो । त्यो भनेको नुनको सोझो । फगत दासता र गुलामिको निम्ति थियो । उनिहरु फगत दुईचार कौडि पैसासँग अफ्नो जिन्दगी साट्दै थिए । उनिहरुको मनोबिज्ञान हरक्षण त्रशित र आतंकित थियो । हामीहरु भने बहुसंख्यक श्रमजिबी नेपाली जनताको न्याय, स्वतन्त्रता र राष्ट्रयि स्वाधिनता सँग आफ्नो जिन्दगी साट्न तयार भइसकेकाका थियौ ।

उमेरले फुच्चेनै भएतापनि, एउटा जिम्मेवार नेता र कमाण्डरको रुपमा राष्ट्र, बर्ग र यो समाजप्रति ठूलो जिम्मेवारि पुरागर्दै थियौ । समुन्नत समाजप्रतिको उच्च कर्तब्यबोध थियो हामीहरुमा । हामीले यो बेला तत्काल गम्भीर निर्णय गर्नपनि सक्दथ्यौ ! बिचार सहितको बन्दुकको उपयोग गर्न पनि सकिन्थ्यो । तर बसमा यात्रा गर्दै गरेका दर्जनौ जनताहरुको गम्भिर सुरक्षाको बिषयपनि सँगै थियो । अझ बढी गम्भीर थियो । भैगो अब जेहोस आँफुहरु आजलाई यो कालबाट मोटामोटी रुपमा बँचियो । त्यसैले हामी त चुइक्क सम्म पनि बोल्ने कुरै भएन ।

बाहिर पब्लिक सोसाइटी तिर लफाङ्गा र गुण्डाकेटाहरुले हाम्रै आँखा अगाडि जो कुनै चेलिहरुलाइ त्यो र त्यस्तो प्रकारको ब्याबहार र हर्कत गरेको हुन्थ्योभने तिनका डड्याल्नु र करङ्गहरु कसरी सेक्ने भन्नेकुरा हामीलाइ राम्रोसँग थाहा थियो । तर त्यतिबेला हाम्रा छातीतिर ताकिने बारुदले लपेटिएका धातुका गोलिहरु, तरुनि छात्राहरुको यौबनमाथि निसाना लगाउदै थिए । तर जे होस उनिहरुको फक्रदै गरेको मस्तमस्त जवानिले राइफलधारी दंगाप्रहरीहरुको ध्यान आकार्षण गरेर हाम्रो जीवन जोगाउदै थियो । आजको लागि चाहिँ धन्यवाद छ चेलिहरुलाई । तर लालीजोबन हुर्कियो भन्दैमा आबेशमा चाहिँ आइहाल्नु हुदैन है नानिहरु ! यसरी सिमानाघेर सार्बजनिक ठाँउमा सार्है नपच्नेखालको तमासा देखाउन त मिल्दैन नि चेलीहरु रु हुर्कदै गरेकी छोरी प्रति बुवा आमाका कति धेरै ठुलाठुला सपनाहरु होलान ?

हो नानिहरु ! हामी तिमिहरुजस्ता आधाआकाश र आधा धर्तीओगटेका सम्पुर्ण चेलिहरुको उज्वल भबिश्यको कामनागर्दै, उच्च कर्तब्य बोधका साथ यो समाज बदल्ने सामाजिक अभियानको दन्दनाउदो आगोका लप्काहरु सँग खेलिरहेका सामाजिक अभियान्ताहरु पनि हौं । फेरि आज जतिबेला जे भयो यो त हाम्रो जीवन रक्षाको निम्ति चाहिँ एकदम सकारात्मक नै भयो । तर आगामी दिनहरुमा तिमीहरुको सुनौलो र उज्जल भबिष्यको कामना गर्दछु ।

त्यो बेला पुलिसहरुलाई पनि हामीहरु भन्दापनी नानिहरुसँग जिस्किन मज्जा भयोहोला । केहिबेर अघि क्रमस दबिदै, दबिदै गएको हाम्रो मनोबल क्रमस खुल्दै र फुक्दैआयो । क्षमता भन्दा बढी लोड र त्यसमापनि अलिक बढि सिमानाघ्न खोजेको तमासाको अर्कोभारी बोकेर अबचाहिँ बस कछुवाको गतिमा मैनापोखरी तर्फ उकालो चढिरह्यो । हामीहरु चाहिँ साना मान्छे बनेर त्यो अनौठो तमासाका रमिते भइरहयौ ।

अलिक माथी मैनापोखरिको गोलाइभन्दा तल्लो गोलाइमा पुग्नै लाग्दा अकल्पनिय रुपमा,एक्कासि मुशालधारे पानी पर्यो । अघिनै देखिको त्यो अस्वाभाबिक वतावरणमा पनि क्षणभरमै आमूल परिबर्तन आयो । प्रहरीहरु पनि हुण्ठुनाउदै बसको छतबाट तल झरे । तिनलाई पिछागर्दै, चिच्याउदै स्कुले केटाकेटीहरुपनि हाम्फाल्दै झरे । सिकारखेल्न गस्तिमा आएका प्रहरीहरु बसचढेरै चौकिपुग्दा साब ले तिनका करङ्ग सेक्नसक्ने सम्भाबनालाई मध्यनजर गरेर नै हुनुपर्छ सायद हाम्रा पराइमान्छेहरु त्यतिबिघ्न हतारिएर हामफालेका । हामीलाइ मुसालधारे पानीको कुनै प्रबाह नै भएन किनकी भयानक बज्रपातहुनबाट हाम्रा छाती र टाउकाहरु जोगाइसकेका थियौ ।

जाबो पानीले त के फरक पार्दथ्यो र । एक ढंगले हेर्नेहो भने हामीलेपनि कालको मुखबाट उम्किएर नयाँ जिबन पाइसकेका थियौ । अलि माथी अर्को गोलाइमा झरेर हामीहरुले पुनः एक आपसमा नयाँ जिबनको शुभकामना आदान९प्रदान गर्यौ र ठोट्नेरिको केशब ढुङेल र तत्कालिन गाबिस उपाध्यक्ष दिननाथ ढुङ्गेल (क.बासु) सँग भेटघाट गर्दै पुनः सम्पर्क स्थान (आर भि पोईन्ट) तर्फ लाग्यौ ।