नेपाली समय Loading...२०८२ जेष्ठ ६ सोमबार

दोश्रो ओखलढुङ्गा महोत्सवमा डान्स कम्पिडिसन हुदैं

विज्ञापन

ओखलढुङ्गान्युज, बैशाख भोली देखी ओखलढुङ्गामा सञ्चालन हुने दोश्रो ओखलढुङ्गा महोत्सवको अबसर पारेर ओखलढुङ्गामा खुला डान्स कम्पिडिसन हुने भएको छ । महोत्सवको अवसर पारेर ओखलढुङ्गामा रहेका नृत्याङ्गनाहरुको समेत पहिचान गर्ने उद्धेश्यले डान्स कम्पिडिसन सञ्चालन गर्न लागिएको हो ।

डान्स कम्पिडिसनमा जुनसुकै उमेर समूहका महिला तथा पुरुषहरुले सहभागीता जनाउने सक्ने आयोजक एआई ग्रुपका संयोजक अजय न्यौपानेले जानकारी दिए ।  कम्पिडिसन अडिसन राउण्ड देखी सुरु हुने छ । प्रत्येक प्रतिष्पर्धीले फरक फरक दिन फरक गीतमा नृत्य गर्नुपर्ने आयोजकले जनाएको छ । टपटेन पश्चात भने प्रतिष्पर्धीका बीचमा भोटिङ सिष्टम पनि लागू हुनेछ ।

प्रतियोगिताका विजेताले नगद रु २० हजार सहित प्रमाणपत्र र मायाको चिनो, दोश्रो हुनेले नगद रु १५ हजार सहित प्रमाणपत्र र मायाको चिनो तथा तेश्रो हुनेले नगद रु १० हजार सहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गर्ने आयोजकले जनाएको छ ।