नेपाली समय Loading...२०८२ बैशाख ७ आईतवार

कोशी प्रदेश सरकार हलचल हुँदैनः मुख्यमन्त्री  कार्की

ओखलढुङ्गानन्युज, चैत १० कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकारमा कुनै हलचल नहुने बताएका छन् । नारदमुनि पवित्रादेवी लुइँटेल स्मृति कोषले शुक्रवार झोराहाटमा आयोजना गरेको विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मी सम्मानित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार संबिधान अनुसार निर्माण भएको र त्यसै अनुसार नै सरकार चल्ने र केन्द्रिय गठबन्धन बन्दैमा कुनै परिवर्तन नहुने बताए । वर्तमान कोशी प्रदेश सरकार बन्दा पनि केन्द्रिय गठबन्धनसँग टेकिएर नबनेकोले केन्द्रमा भएको परिवर्तनले प्रदेशमा केहि फरक नहुने तथा सरकार नफेरिने बताए ।

कोषले आयोजना गरेको कार्यक्रममा झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार सञ्चारकर्मी सुशीला पाठकलाई प्रदान गरिएको थियो । यस्तै छत्रपति लुइँटेल सेवा निवृत्त शिक्षक सम्मान अन्तरगत झोराहाट स्थित सरस्वती माविका पूर्व शिक्षक शिवनारायण चौधरी र हरिनारायण दासलाई प्रदान गरिएको छ । त्यसैगरी छात्रवृत्ति पाउने विद्यार्थीहरूमा दिनेश खत्री, दीपिका कुमारी कार्की, मल्लीका विश्वास, आरती सरदार रहेका छन् ।