नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

चम्पादेवी राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा सुनकेशरी माविले खाता खोल्यो

ओखलढुङ्गान्युज, माघ २७ चम्पादेवी गाउँपालिकाले आयोजना गरेको अन्तर माद्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको आज समापन हुदैछ । २५ गतेदखी सुरु भएको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता आज समापन हुँदैछ ।

चम्पादेवी गाउँपालिकाको वडा नं. २ पलापुमा जारी प्रतियोगिताको दोश्रो दिनको खेल सकिदासम्म सुनकेशरी माविले पदकको खाता खोलेको छ । सुनकेशरी मावि रानिवनले छात्रा तर्फको भलिबल प्रतियोगितामा कास्य पदक प्राप्त गर्दै खाता खोलेको हो । तेश्रो स्थानका लागि भएको खेलमा सुनकेशरी मावि रानिवनले कल्पेश्वर मावि विलन्दुलाई पराजित गर्दै कास्य पदक जितेको हो । शनिवार बिहान छात्रा तर्फको भलिबलको फाईनल खेल जिवनज्योति मावि मिश्रभञ्ज्याङ्ग र गोल्मादेवि मावि पलापुका बिच हुदैछ ।

प्रतियोगिता सुरु भएको दुईदिन वित्दा सम्म छात्र–छात्राको भलिवल र कबड्डी बाहेकका खेलहरु हुन सकेका छैनन् । प्रतियोगिता अन्तर्गतका बाँकी बिधाका स्पर्धाहरु शनिवार नै सकाउने गरि खेल सञ्चालन हुने आयोजकले जनाएको छ । भौगोलिक विकटता र प्रतियोगिता सञ्चालनका लागि आवश्यक खेल मैदानको अभावका कारण चम्पादेवी गाउँपालिकाले यसपटक आयोजना गरेको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता अन्तर्गतका सबै विधाका खेलहरु भने पलापुमा हुनेछैनन् ।