नेपाली समय Loading...२०८१ मंसिर ६ बिहीबार

इजरायलको हवाई आक्रमणमा दुई हिजबुल्लाह लडाकुको मृत्यु

ओखलढुङ्गान्युज, माघ २२ इजरायलले दक्षिणपूर्वी लेबनानमा गरेको हवाई आक्रमणमा परि दुईजना हिजबुल्लाह लडाकुको मृत्यु भएको छ । हवाई आक्रमणमा दक्षिणपूर्वी लेबनानको अल–तैबेह गाउँमा दुई हिजबुल्लाह लडाकुको मृत्यु हुनेका साथै दुई सर्वसाधारण घाइते भएका हुन् ।

लेबनानी सैन्य स्रोतहरूहरुको अनुसार इजरायली लडाकु विमानहरूले गत २४ घण्टामा सीमा क्षेत्रका लक्ष्यमा २१ भन्दा बढी आक्रमण गरेको बताएका छन् । हवाइ आक्रमणमा परि त्यहाँका चार ओटा भवन पनि ध्वस्त हुनुका साथै गाउँका अन्य घरहरुमा पनि आंशिक रूपमा क्षति पुगेको बताईएको छ । इजरायली सेनाका प्रवक्ताले इजरायली लडाकु विमानहरूले अल–तैबेहमा एक हिजबुल्लाह सैन्य भवन र मिसाइलहरूको भण्डारण स्थललाई ध्वस्त पारेको बताए ।

यसैबीच, हिजबुल्लाहले आफ्ना लडाकुहरूले इरोन र एविभिमको इजरायली बस्ती र अन्य धेरै इजरायली साइटमा आक्रमण गरेको बताएको छ । हिज्बुल्लाहले इजरायलमा हमासको आक्रमणको समर्थनमा अघिल्लो दिन इजरायल तर्फ दर्जनौँ रकेट प्रहार गरेपछि लेबनान–इजरायल सीमामा अक्टोबर ८ देखि तनाव बढेको हो ।

हिजबुल्लाह र इजरायल बीचको भिडन्तमा लेबनानी पक्षमा २४४ जनाको मृत्यु भएको छ । मारिनेमा १७६ हिजबुल्लाह सदस्यहरू र ३९ नागरिकहरु रहेका छन् ।