नेपाली समय Loading...२०८२ बैशाख ७ आईतवार

नेपालका तीन बाल प्रतियोगी वर्ल्ड राईजिङ स्टारमा सहभागी हुँदै

ओखलढुङ्गान्युज, माघ आजबाट सुरु हुने ‘वल्र्ड राइजिङ स्टार कम्पिडिसन २०२४’ मा नेपालका तीनजना बाल प्रतियोगिहरुले सहभागीता जनाएका छन् । प्रतियोगितामा ‘डिएसए स्टार’ का विजेता सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थायी घर भएका एन्जलबाबु कट्टेल, लोयाङ शेर्पा र सनिस्ता रेग्मी सहभागी हुन मंगलबार राती जर्जीया प्रस्थान गरेका हुन् ।

जर्जीयाको राजधानी तिब्लीसामा हुने वल्र्ड राईजिङ स्टार २०२४ जनवरी १७ देखी २२ सम्म हुँदैछ । प्रतियोगितामा ‘वल्र्ड राइजिङ स्टार २०२३’ का विजेता नेपालका प्रसुनजङ्ग पोखरेल पनि अतिथीका रुपमा सहभागी हुन मंगलबार राती नै जर्जीया प्रस्थान गरेका छन् । एन्जलबाबु कट्टेल, लोयाङ शेर्पा र सनिस्ता रेग्मी परिवर्तन इभेन्ट हाउस काठमाण्डौंले आयोजना गरेको ‘डिएसए स्टार’ का विजेता हुन् ।

केहि महिना अगाडी काठमाण्डौंमा सम्पन्न भएको ‘डिएसए स्टार’ का विजेता तीनजना मात्र वल्र्ड राइजिङ स्टार २०२४ सहभागी हुन लागेका हुन् । डिएसए स्टारका विजेता तीनैजना बाल प्रतियोगीहरुलाई हाउसका प्रमुख सोनीया जी आरले प्रतियोगीतामा सहभागीता जनाउने बारेमा विभिन्न प्रकारका करीब एक महिनाको प्रशिक्षण दिएका थिए ।