नेपाली समय Loading...२०८१ चैत्र २६ मंगलवार

ओखलढुङ्गामा मंगलबारबाट यो सिजनको पहिलो हिमपात

ओखलढुङ्गान्युज, माघ मंगलबार साँझ ओखलढुङ्गामा यो सिजनको पहिलो पटक हिमपात भएको छ  विगतका वर्षहरुमा मंशिर महिना तिर नै हिमपात हुने गरेको भएपनि यो वर्ष भने माघ महिना लागेपछि पहिलो पटक हिमपात भएको हो ।

जिल्लाको माथिल्लो भेगमा ढिलै भएपनि हिउँ परेपछि भने स्थानीयहरु खुशी भएका छन् । जिल्लाको सिद्धिचरण नगपालिकाको जन्तरधाप, ठाँडेमा मंगलबार अपरान्ह ४ बजेपछि पातलो पातले हिमपात भएको जन्तरखानीका हरि कुमार मगरले जानकारी दिए । मगरका अनुसार ढिला गरि हिमपात भएपनि यसपटक बाक्लो हिमपात भने भएको छैन ।

हिमपात पश्चात जिल्लाको माथिल्लो भूभागहरुमा चिसो ह्वात्तै बढेको छ । चिसो बढेपछि जेष्ठ नागरिक, अपांगता भएका ब्यक्ति, बालबालिका, विरामी, गर्भवती तथा सुत्केरीहरुलाई भने समस्या भएको छ । हिमपात भएपछि माथिल्लो भागमा लगाएको आलु तथा पानी नपरेर मर्न लागेको गहुँ खेतीलाई सहयोग पुगेको भन्दै स्थानीयहरु भने खुशी भएका छन् ।