मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल: आयोजक मानेभञ्ज्याङ सेमीफाइनल प्रवेश
ओखलढुङ्गान्युज, पुष २१ । आज भएको खेलमा जीत दर्ता गर्दै मानेभञ्ज्याङ गाउँपालिका सेमिफाइनल प्रवेश गरेको छ । अन्तर प्रदेश स्थानीय तह मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तरगत पहिलो क्वाटरफाइनल खेलमा हलेशी तुवाचुङ नगरपालिकालाई ४-० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा मानेभञ्ज्याङ गाउँपालिकाका लागि जर्सी नं. ११ का मनकृष्ण राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको केहि समयमा नै जर्सी नं.१३ का अंकित राईले गोल गर्दै मानेभञ्ज्याङले आफ्नो टीमलाई २-० को अग्रता दिलाए ।
त्यसैगरि खेलको दोश्रो हाफमा मानेभञ्ज्याङ गाउँपालिकाका लागि जर्सी नं. ८ का अर्विन मगर र जर्सी नं. १५ का क्षितिज राईले थप १-१ गोल गर्दै ४-० को अग्रता निकाले । खेलको अन्त्यमा ४-० को गोल अग्रता नै निर्णायक रहन पुग्यो । प्रतियोगितामा जर्सी नं. ७ का सजिन राई म्यान अफ दी म्याच घोषित भए । म्यान अफ दी म्याच घोषित भएका राईले नगद रु ५ हजार प्राप्त गरे । राईलाई हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले नगद पुरस्कार प्रदान गरे ।