नेपाली समय Loading...२०८१ चैत्र २६ मंगलवार

माटेबेसीमा जारि वडा स्तरीय भलिवल प्रतियोगितामा रामेछापको रातमाटा सेमिफाईनल प्रबेश

ओखलढुङ्गान्युज, मंशिर २३ सिद्धेश्वर महादेव माटेवेशी तेश्रो बालाचतुर्दशी महोत्सवको अबसर पारेर खाल्टेमा आयोजना गरिएको खुला वडा स्तरीय भलिवल प्रतियोगिता अन्तर्गत शनिवार लिग चरणका खेलहरु सम्पन्न भएका छन् । लिग चरणको खेलहरु सम्पन्न हुदा ७ ओटा टिम बाहिरीएको छ । ८ ओटा टीम क्वाटर फाईनलमा प्रबेश गरेका छन् ।

शनिवार सम्पन्न भएको लिग चरणको खेलवाट पोल ए बाट पोल विजेता हुदै गोकुलगंगा गाउँपालिका १ चुचुरे र उपविजेता हुदै रामेछाप नगरपालिका ३ साँघुटार क्वाटर फाईनलमा प्रबेश गरेको छ । त्यस्तै पोल बी बाट पोल विजेता हुँदै लिखु तामाकोशी गाँउपालिका ४ रातमाटा र उपविजेता हुँदै चम्पादेवी गाउँपालिका १ पलापु क्वाटर फाईनलमा प्रबेश गरेको छ ।

पोल सी वाट पोल विजेता हुदै सिद्धिचरण नगरपालिका १ तलुवा र उपविजेता हुँदै लिखु गाउँपालिका ८ टारकेराबारीको टीम ए क्वाटर फाईनलमा प्रबेश गरेको छ । त्यसैगरि पोल डी बाट पोल विजेता हुदै लिखु गाउँपालिका वडा नं. ६ खाल्टे र उपविजेता हुदै लिखु गाउँपालिका वडा नं. ९ पोकली क्वाटर फाईनलमा प्रबेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत आज नै भएको पहिलो क्वाटर फाइनल खेलमा संघर्षपूर्ण जित निकाल्दै लिखु तामाकोशी गाउँपालिका वडा नं. ४ रातमाटा सेमिफाईन प्रबेश गरेको छ । लिखु तामाकोशी गाउँपालिका वडा नं. ४ रातमाटाले लिखु गाउँपालिका वडा नं. ९ पोकलीलाई २–१ के सेटमा पराजित गर्दै संघर्षपूर्ण जित निकालेको हो ।

बाँकी रहेको क्वाटर फाईनल, सेमिफाईनल तथा फाईनल खेलहरु आईतबार नै सञ्चालन गरिने आयोजकले जनाएको छ । आईतवारको पहिलो क्वाटर फाईनल खेल गोकुलगंगा १ चुचुरे भर्सेस लिखु गाउँपालिका ८ टारेकेराबारी ए का बिच हुनेछ । त्यस्तै दोश्रो क्वाटर फाईनल खेल सिद्धिचरण नगरपालिका १ तलुवा भर्सेस रामेछाप नगरपालिका ३ साँघुटार तथा तेश्रो खेल लिखु गाउँपालिका वडा नं. ६ खाल्टे भर्सेस चम्पादेवी गाउँपालिका १ पालपुका बिच हुने आयोजकले जनाएको छ ।

भलिबल प्रतियोगिताका विजेताले शिल्ड, मेडल र प्रमाणपत्रका साथमा नगद रु १ लाख प्राप्त गर्नेछन् । त्यस्तै दोश्रो, तेश्रो र सान्त्वना हुने टीमले पनि क्रमश नगद रु ७५ हजार, ५० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्ने टीमले पनि नगद रु २५ हजारका साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।