भोली आईतवार लिखुमा सार्वजनिक विदा
ओखलढुङ्गान्युज, मंशिर २३ । जिल्लाको लिखु गाउँपालिकाले भोलि आईतवार गाउँपालिकामा सार्वजनिक विदा गर्ने निर्णय गरेको छ । गाउँपालिकाले एक सूचना प्रकाशित गर्दै आईतवार गाउँपालिका भित्र सार्वजनिक विदा गर्ने निर्णय भएको गरेको जनाएको हो ।
गाँउपालिकाको वडा नं. ६ खाल्टेमा रहेको सिद्धेश्वर महादेव स्थानमा बालाचतुर्दशीको अबसर पारेर तेश्रो महोत्सव सञ्चालन गरिरहेको छ । महोत्सवलाई सफल पार्न महोत्सव स्थलमा गाउँपालिकाका नागरिकहरुसँगै विभिन्न कार्यालयका कर्मचारीहरुको समेत सहभागी हुने भएकोले त्यसको सहजताका लागि गाउँपालिकाले आईतवार सार्वजनिक विदा गर्ने निर्णय गरेको हो ।
महोत्सव कार्यक्रमलाई सम्बोधन गर्नका लागि नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती शनिबार नै खाल्टे आईपुगेका छन् । आईतबारको महोत्सव कार्यक्रममा मन्त्री किरातीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
गाउँपालिकाले स्थानिय सरकार सञ्चालन ऐन २०७४ लाई टेकेर बर्षमा २ दिन आफ्नो पालिकामा सावैजनिक विदा दिन पाउने अधिकारको प्रयोग गर्दै आईतवार सार्वजनिक विदा गर्ने निर्णय गरेको हो ।