नेपाली समय Loading...२०८१ चैत्र २६ मंगलवार

कुन्तादेवीका आगलागी पिडितलाई गाउँपालिका र रेडक्रसको राहत सामाग्री

ओखलढुङ्गान्युज, मंशिर १९ केहिदिन अगाडी कुन्तादेवीमा भएको आगलागी पिडित भोलाकाजी राईलाई मोलुङ गाउँपालिका र नेपाल रेडक्रस सोसाईटी ओखलढुङ्गा शाखाले राहत सामाग्री हस्तान्तरण गरेको छ । मोलुङ गाउँपालिकाका अध्यक्ष र नेपाल रेडक्रस सोसाईटी ओखलढुङ्गा शाखाका सभापति कुन्तादेवीको झगरपुरमा नै पुगेर राहत सामाग्री हस्तान्तरण गरेको हो ।

आगलागी पिडित राईलाई गाउँपालिकाको तर्फवाट १ त्रिपाल, १ बोरा चामल, १ केजी नुन, १ लिटर तेल, दाल ५ केजी, १ थान ब्ल्यांकेट उपलब्ध गराएको छ । मोलुङ गाउँपालिकाका तर्फवाट गाउँपालिकाका अध्यक्ष उत्तम राई, प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक माधब कार्कीले संयुक्त रुपमा सामाग्री हस्तान्तरण गरेका हुन् ।

त्यस्तै रेडक्रस सोसाईटी ओखलढुङ्गा शाखाले १ त्रिपाल, १ थान ब्ल्यांकेट, भाडाकुडा तथा लत्ताकपडा सामाग्री उपलब्ध गराएको छ । रेडक्रसका तर्फवाट नेपाल रेडक्रस सोसाईटी ओखलढुङ्गा शाखाका सभापति नारायण दाहाल, रेडक्रस उपाशाखा रामपुरका सभापति राजन दाहालले पिडितलाई संयुक्त रुपमा सामाग्री हस्तान्तरण गरेक हुन् ।

गत शनिबार मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवीको झगरपुरमा मोलुङ लघुजलविद्युत आयोजना ४ को विद्युत प्रसारणमा हाईभोल्टेज करेन्ट प्रवाह हुँदा विद्युत सर्ट भई स्थानीय भोलाकाजी राईको घर आगलागी भएको थियो । घर आगलागी हुँदा ३ लाख ५० भन्दा बढिको भौतिक क्षति भएको थियो ।